- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भीमसेन थापा गाउँपालिका १ निवेल : खानेपानी आयोजनाको मन्त्री रामशरण बस्नेतद्वारा उद्घाटन

February 12, 2019
1181
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, २९ माघ २०७५ । गण्डकी सरकारले पहिलो योजना पूरा गरेको छ । सरकार गठन भएको झण्डै १ बर्ष पुग्न लाग्दा सरकारले करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना पूरा गरेको हो । गोरखाको भीमसेन थापा गाउँपालिका १ निवेलमा निर्माण गरिएको खानेपानी आयोजनाको मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले दुई वर्षभित्र गण्डकी प्रदेशको सबै घरमा खानेपानी पुर्याउने दावी गर्नुभयो । ‘प्रदेश सरकारले के काम गर्छ भन्दै संघ र स्थानीय तहलाइ मात्र महत्व दिन्थे,’ उहाले भन्नुभयो, ‘हामीले काम गर्न सुरु गरिसकेका छौं, अवको दुई वर्षभित्र सबैको घरमा धारा जडान गरेर खानेपानी पुर्याउँछौ ।’

- ADVERTISEMENT -

Advertisement

सरकार गठन भएको पाँच वर्षभित्र प्रत्येक घरमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने र २ बर्षभित्रै सबैको पहुँचमा खानेपानी विस्तार गर्ने सरकारको लक्ष्य छ । कुल ५९ लाख ५३ हजार लागतमा निर्माण भएको उक्त आयोजनाबाट ४५ घरधुरी लाभान्वित छन् ।

यस अघि रहेको खानेपानी आयोजना भूकम्पले क्षति पुगेपछि स्थानीयलाई पानीको समस्या भएको थियो । आयोजना बनेर घरमै पानी आउन थालेपछि स्थानीय खुशी छन् । करेसावारीमा तरकारी लगाउन समेत सहज भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यही मंसिर १ गते सम्झौता भएको उक्त आयोजना फागुन २८ गते सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बानियाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com