- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई गृह जिल्ला गोरखामा

February 12, 2019
1042
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, माघ २९ गते । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई गृह जिल्ला गोरखा आइपुगेका छन् । मध्य पहाडी लोकमार्गको सुरुवात बिन्दु पूर्वी पाँचथरको चियो भञ्जाङबाट ‘असल राजनिती र समाजसेवी बिकासका लागि जनसंवाद यात्रा’ सुरु गरेका भट्टराई सोमबार धादिङ हुँदै आरुघाट आइपुगेका हुन् । ‘उहाँ गृह जिल्ला आइपुग्नु भएको छ’ नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले भने ‘आरुघाटमा स्थानीय जनप्रतिनिधिसँग सम्वाद समेत गर्नु भएको छ ।’ उनी यात्रा सुरु गरेको १४ औं दिनमा गृह जिल्ला गोरखा आइपुगेका हुन् ।

मध्यपहाडी लोकमार्गको सेरोफेरो बनाएर त्यस वरपरका स्थानीयसँग भलाकुसारी गर्दै यात्रामा निस्केका भट्टराईले आरुघाटका स्थानीय जनप्रतिनिधिहरुसँग राष्ट्रिय राजनिति, बिकास निर्माणको काम, संघियता कार्यान्वयनको विषय, सरकार सञ्चालनको अबस्था लगायतका बारेमा छलफल गरेका छन् । ‘उहाँ गाउँपालिकाको कार्यालयमा आउनु भएको थियो’ आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘आफ्नो भ्रमणको कुरा गर्नुभयो धेरै समसामयिक राजनितिका कुरा भए ।’ वर्तमान सरकारले संघियताको मर्म र भावना अनुसार काम नगरेको भन्दै उनले अहिले ल्याउन लागिएका विधेयकहरु जनहितमा नभएको प्रतिक्रिया समेत दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले बुढीगण्डकी आयोजनालाई पनि अन्यौलमा राखेको उनले बताएका छन । ‘मैले बुढीगण्डकीका बारेमा पनि उहाँसँग जिज्ञासा राखेँ’ गाउँपालिका अध्यक्ष दाहालले भने ‘सरकारले अहिले सम्म आयोजनाको मोडालिटी समेत नबनाएको र चिनियाँ कम्पनीलाई दिने निर्णय गरेर आयोजना निर्माणमा वेवास्ता गरेको बताउनुभयो ।’ गुरु योजना निर्माण गरेर मात्र बिकास निर्माणका काम गर्न गाउँपालिकालाई डा.भट्टराईले सुझाव दिएका छन् ।

सोमबार आरुघाटमा बास बसेका उनले त्यहाँका स्थानीयहरुसँग पनि छलफल गरेका छन् । आरुघाटका स्थानीयहरुले डुबान क्षेत्रको मुआब्जा निर्धारण हुन नक्सदा व्यापार÷व्यवसाय चौंपट भएको भन्दै डा.भट्टराईसँग गुनासो गरेका थिए । डुबान क्षेत्र भएका कारण आरुघाटमा मध्यपहाडी लोकमार्ग अन्र्तगतको सडक कालोपत्रे नभएको, बिकास निर्माणको काम प्रभावित भएको लगायतका बारेमा पनि स्थानीयसँग छलफल भएको नयाँ शक्तिका जिल्ला संयोजक कुमालले जानकारी दिए । मंगलबार अथार्त आज घ्याम्पेसाल, निवेल, महटार, चोरकाटे हुँदै पालुङटार सम्मको यात्रा गर्ने भट्टराईको तयारी छ । सोही क्रममा विभिन्न स्थानका सर्वसाधरणहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नयाँशक्ति पार्टी नेपालले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

मंगलबार पालुङ्टारमा बास बसेर उनी बुधबार लमजुङ हुँदै पश्चिम लाग्ने कार्यक्रम छ । उनको यात्रा बैतडीको झुलाघाटमा पुगेर सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com