- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘जिपी कोइराला फाउण्डेशन’लाई सुदूरपश्चिम प्रदेशमा विस्तार

February 8, 2019
891
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२५ माघ २०७५ । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई सुदूरपश्चिम प्रदेशमा विस्तार गरिएको छ ।

नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको हो । सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशी, दार्चुलामा गजेन्द्रसिंह कार्की, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बझाङमा धु्रवराज उपाध्याय, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा र डडेल्धुरामा भरत नेपालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक जिल्लामा १३-१३ सदस्यीय समिति गठन गरिएको छ । यसअघि भरत विष्टको संयोजकत्वमा कञ्चनपुरमा तथा यज्ञनिधि कोइरालाको संयोजकत्वमा कैलालीमा सो फाउण्डेशनको समिति विस्तार गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com