- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला : परियोजनाको स्थलगत “डीपीआर” निर्माण शुभारम्भ

February 3, 2019
1378
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, २० माघ २०७५ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परियोजनाको स्थलगत “डीपीआर” निर्माण शुभारम्भ भएको छ । एक भव्य समारोहकाबीच धुर्मुस–सुन्तली फउण्डेशन र भरतपुर महानगरपालिकाले आईतवार संयुक्त रुपमा स्थलगत “डीपीआर” निर्माण शुभारम्भ गरेका हुन । डोजर लगाएर स्थलगत “डीपीआर” निर्माणको औपचारीक शुभारम्भ गरिएको छ । सीताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली”ले निर्माणस्थलमा डोजर चलाएर औपाचारीक रुपमा थलगत “डीपीआर” निर्माणको शुभारम्भ गर्नुभयो ।

शुभारम्भ सभामा बोल्दै फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल “धुर्मुस”ले जनताको साथ सहयोगले समय अगावै बहुप्रतिक्षित योजना सक्ने लक्ष्य राखिएको बताउनुभएयो । अनुभवले नै पाठ सिकाएको स्मरण गर्दै कट्टेलले ईमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । बिकास निर्माणका काममा सबै मिल्नुको बिकल्प नरहेको भन्दै उहाँले सहयोका लागि अपिल पनि गर्नुभयो ।

आँफुले यसबीचमा बिभिन्न कृया प्रतिकृया सुनेको भन्दै उहाँले सरकारकै प्रत्यक्ष सहभागितामा हुन लागेको काममा भ्रम सृजना नगर्न अनुरोध गर्नूभयो । बिश्वकै नमूना स्टेडियम बन्ने भन्दै कट्टेलले यस्ता योजना बनाउन देशमा धेरै अभियन्ता जन्मनुपर्नेमा जोड दिनुभयो । कम्पनी नै खोलेर रंगशाला बनाउन सुझाब आएपनि आँफुले अस्विकार गरेको सुनाउँदै कट्टेलले यो अभियान नाफामुखी नरहेको स्पष्ट पार्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै भरतपुर महानगरकी मेयर रेनु दाहालले धेरै आशंका र हल्लाकाबीच रंगशाला निर्माण आरम्भ भएको उल्लेख गर्दै यसमा अनावश्यक राजनिती नगरिदिन आग्रह गर्नुभयो ।

समाजमा नकारात्मक सोँच भएकाहरुको कमि नभएपनि असल काम गर्दा कसैसंग डराउनुनपर्ने बताउनुभयो । केहि मान्छेले फाउण्डेशनलाई रंगशाला निर्माणको जिम्मा दिँदा सरकार नै निकम्मा भएर पन्छिन खोज्यो भन्ने टिप्पणी गरिएको भन्दै मेयर दाहालले गुनासो गर्नुभयो । रंगशाला निर्माणमा अब चितवनबासीको जिम्मेवारी बढेको भन्दै देश बिदेशबाट आर्थिक संकलनका लागि आजैबाट जुट्न आह्वान गर्नुभयो ।

परियोजनाको स्थलगत “डीपीआर” निर्माण शुभारम्भसंगै रंगशाला निर्माणस्थलमा सबैले देख्ने गरि नामसहितको आकर्षक बोर्ड पनि राखिएको छ। डिपिआर शुभारम्भका लागि आएका सीताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” लाई भरतपुर बिमानस्थलमा भव्य स्वागतका साथ ¥यालीसहित रंगशाला निर्माणस्थल भरतपुर १५ मा पु¥याईएको थियो । धुर्मुस–सुन्तलीलाई स्वागत गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल स्वयं उप–मेयर पार्वती शाह ठकुरीसहित बिमानस्थल पुग्नुभएको थियो ।

स्वागतका लागि जिल्लाका बिभिन्न पार्टीका नेताहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधी, सामाजिक संस्थामा आवद्ध ब्यक्तिहरु र हजारौँ खेलप्रेमीहरु पनि उपस्थित थिए । विमानस्थलबाट रंगशाला निर्माणस्थल रामपुरसम्म धुर्मुस–सुन्तलीलाई राष्ट्रिय झण्डा समेत राखिएको सवारीमा यात्रा गराइएको थियो। रंगशाला निर्माण हुनेँ खवरले यसअघि नै हर्षित भएका चितवनवासीले धुर्मुस–सुन्तलीको स्वागतका लागि स्वतस्फूर्त रुपमा सडकका छेउमा श्रृंगारिएका पानीका घडाहरू राखेका थिए । बिभिन्न समूहले बजाएको बाजागाजा र भजनले घोषणासभाको माहोललाई झनै भब्य बनाउन मद्दत गरेको थियो ।

केहिदिनअघि राजधानी काठमाण्डौमा यसै रंगशाला निर्माणको आधिकारीक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो । करिब ३ सय करोड लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि अहिलेसम्म ४ करोड बढि रकम सहयोग संकलन भएको छ । घोषणासभामा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद गिता वाग्ले, कृष्ण भुर्तेल, जि।स।स चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com