२०८३ वैशाख २८, सोमबार
८:२५:३९ बिहान
- ADVERTISEMENT -

आगलागीपीडितलाई काङ्ग्रेसको ५१ हजार

प्रकाशित मिति: २०७५ माघ १६, बुधबार

918
Shares

गलेश्वर, माघ १६ गते । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ ।

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गर्नुभयो । म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ ।

सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो । (रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -