पोखरा, १४ माघ २०७५ । राजिव गुरुङ उर्फ दिपक मनाङेले सपथ खाएका छ्न्। गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आज सोमबार मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट मनाङेलाई ५ बर्ष कैद सुनाइएको थियो।सपथ खान नै नपाई डिल्लीबजार कारागार चलान भएका मनाङे लाई मुद्दा पुनरावलोकनका लागि सर्बोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो ।

थुनामुक्त लगत्तै मनाङेले गएको पुस ११ गते गण्डकी प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउ भन्दै निवेदन दर्ता गराएका थिए ।

नयाँ फौजदारी सहिता अनुसार १० बर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएकालाई जेल बाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्था छ ।

थुनाबाहिर भए पछि सपथका लागि निरन्तर लबिङमा थिए। अन्ततः उनी आजदेखी गण्डकी प्रदेश सभा सदस्य बनेका हुन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्