२०८३ वैशाख ६, आइतबार
११:२१:०७ राति
- ADVERTISEMENT -

गोरखा नगरपालिका–३ मा अपाङ्गतामैत्री विधालय भवन निर्माण

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

3556
Shares

गोरखा, माघ १४ माघ, गोरखा नगरपालिका–३ मा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ ।

नारेश्वरस्थित श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको नवनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । करीब रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अपाङ्गता भएका बालबालिका पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण समस्या हुँदै आएको थियो । पाँच कोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पठनपाठन सजिलो हुने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।
विद्यालयले उनीहरुलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ । भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि उक्त संस्थाले अपाङ्गतामैत्री विद्यालय भवन निर्माण गरिदिएको हो । गोरखा जिल्लामा भूकम्पपछि पुनःनिर्माण भएका धेरै विद्यालयका भवन अपाङ्गतामैत्री बन्न सकेका छैनन् ।

गोरखाको पहिचान झल्कने गोरखा गेट निर्माण हँुदै
गोरखामा रु ५० लाखको लागतमा ‘गोरखा गेट’ बन्ने भएको छ । गोरखा प्रवेशको मुख्यद्धार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी र गोरखा जोड्ने मस्र्याङ्दी नदीको पुल नजिकै मझुवा देउरालीमा गेट निर्माण गर्न लागिएको हो ।
गोरखा प्रवेश गर्ने आगन्तुकलाई प्रवेशद्धारमै गोरखाको इतिहास र संस्कृतिको जानकारी दिने कलात्मक गेट निर्माण गर्न लागिएको गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले जानकारी दिनुभयो । “गेटको सबैतिर गोरखाको पर्यटकीय गन्तव्यसँगै यहाँको ऐतिहासिकस्थलको चित्राकृति रहनेछ, उहाँले भन्नुभयो, “जसबाट गोरखा सदरमुकाम मात्रै आउने पर्यटकलाई समेत यहाँको सबै पर्यटकीयस्थल भ्रमण गर्न हौसला प्रदान गरोस् भन्ने हाम्रो चाहना हो ।”

आउँदो चैतभित्र निर्माण सम्पन्न गर्ने गरी गेट निर्माणको काम शुरु भएको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98