२०८३ वैशाख ८, मंगलबार
४:४३:५९ दिउँसो
- ADVERTISEMENT -

कर्णाली र सुदुरपश्चिममा दशकयताकै भारी हिमपात, जनजीवन कष्टकर

प्रकाशित मिति: २०७५ माघ १२, शनिबार

2019
Shares

सुर्खेत,१२ माघ २०७५ । पाँच दिनदेखि कतै हिमपात त कतै वर्षा हुन थालेपछि कर्णाली र सुदुरपश्चिम प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ । हिमाली क्षेत्र हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका माथिल्लो क्षेत्रमा निरन्तर हिउँ परिरहेको छ भने भित्री मधेसमा वर्षा भइरहेको छ ।

हिमपातका कारण सदरमुकाम आसपासबाहेक अन्य क्षेत्रका नागरिक घरबाहिर निस्किन सकेका छैनन् । अधिकांश स्थान सञ्चार सम्पर्कविहीन बनेका छन् । सुर्खेत, दैलेख, जाजरकोटलगायत जिल्लाका तल्लो भागमा पनि निरन्तर वर्षा भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार केही सुधार आए पनि मध्याह्नदेखि पुनः हिमपात र वर्षा हुन थालेको हो । केही क्षेत्रमा असिनासमेत परेको छ ।

कर्णालीमा दशकमै सबैभन्दा धेरै हिमपात भएको छ । दुई–तीन वर्षयता वर्षमा दुईपटक एक–दुई फिटसम्म हिउँ झथ्र्यो । यसपटक चार दिनसम्म तीन फिटभन्दा धेरै परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोका कारण हिमाली र पहाडी जिल्लामा आउजाउ ठप्प छ ।

भारी हिमपातले किसान भने खुसी भएका छन् । उनीहरूले आकाशे पानीका भरमा हिउँदे बाली लगाउँदै आएका थिए । हिमपातले बाली सप्रने उनीहरूको भनाइ छ । हिमाली जिल्लामा फलफूलका बिरुवा पनि माघ–फागुनमै लगाउने भएका कारण किसानले सहज महसुस गरेका छन् ।

कर्णालीमा तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ । ‘पहिले नै हिउँ पर्नुपर्ने हो तर अन्त्यमा हिउँदे मनसुन सक्रिय देखिएको छ’, क्षेत्रीय हावापानी सुर्खेतका शाखा अधिकृत नीराजन सापकोटाले भन्नुभयो, ‘अझै दुई–तीन दिन मौसम सक्रिय हुने देखिन्छ ।’ यसपटक दशककै धेरै हिमपात भएको उहाँको भनाई छ ।

दूरसञ्चार टावर सोलारबाट सञ्चालनमा रहेका क्षेत्रमा घाम नलागेपछि सञ्चार सम्पर्क टुटेको छ । तीन दिनयता डोल्पा सदरमुकामलगायत आसपासका क्षेत्रमा इन्टरनेट र मोबाइल फोनमा समस्या आएको छ । मोबाइल र इन्टरनेट सेवा आउने–जाने समस्या भएपछि दैनिक कारोबारसमेत रोकिएको आईएमई सञ्चालक मनोज बोहोराले बताउनु भयो । रेडियो लिंकका रिपिटर टावरमा पावरको पनि समस्या रहेको र अन्य अन्य प्राविधिक कुरा मिलाउनुपर्ने देखिएको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगन्जका प्राविधिक प्रमुख शिव खनालले बताउनु भयो ।

‘जुम्लाको माइथाप्लामा समस्या आएको छ’, उहाँले भन्नुभयो, ‘चिसो अत्यधिक भएका कारण काम गर्न कठिन भएको छ । मौसममा सुधार आउनेबित्तिकै हामी काममा लाग्नेछौं ।’ सञ्चारविहीन भएपछि विमानस्थलमै समस्या हुने गरेको समिट एयरका स्टेसन इन्चार्च पूर्णजंग शाहीले बताउनु हुन्छ । शे–फोक्सुन्डो गाउँपालिकासहित आसपासका गाउँसँग सञ्चार सम्पर्क टुटेको छ । प्रहरी पनि कात्तिकमै सदरमुकाम झरेकाले त्यहाँको हालचाल बुझ्न नपाएको जिल्ला प्रहरी डोल्पाले जनाएको छ ।

शुक्रबार एकछिन मौसम सफा रहँदा डोल्पामा केही उडान भए पनि अन्य जिल्लामा ठप्प छ । आन्तरिक यातायात पनि प्रभावित बनेको छ । हुम्लामा शुक्रबार बिहानै विमानस्थल क्षेत्रमा हिउँ हटाउन थाले पनि हिमपात भएपछि समस्या भएको नागरिक उडड्ययन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

विमानस्थलमा जमेको हिउँ आधा हटाइसकेपछि पुनः हिमपात भएकाले काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार सदरमुकाममा तीन फिट र नाम्खामा पाँच फिट हिउँ जमेको छ । अझै केही दिन हिमपात नरोकिए ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने स्थानीय तहले जनाएका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामान अभाव हुन थालेको सिमकोटका व्यापारीले बताएका छन् । आन्तरिक उडानसमेत नहुँदा हुम्ला, मुगु र डोल्पालगायत जिल्लाबाट बिरामी नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पनि चार दिनदेखि लगातार हिमपात र वर्षाले सुदूरपश्चिमको जनजीवन पनि कष्टकर बनेको छ । बैतडीमा बिजुली आएको छैन । भीमदत्तपन्त राजमार्ग, केआईसिंह राजमार्ग, दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग छिन–छिनमा अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । बझाङमा यातायात सेवा नियमित नहुँदा यात्रुलाई कष्ट भएको छ ।

श्रीभावर र खोड्पे क्षेत्रमा भारी हिमपात भएको छ । यात्रुहरू चार–पाँच घण्टा पैदल गन्तव्यमा लागिरहेका छन् । डडेलधुराको गन्याधुरा क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग, बैतडी अनाराखोली वृन्द्रावन बचपानी श्रीभावर क्षेत्रमा बढी बाटो अवरुद्ध हुने गरेको छ ।

घनघस्याको लेक अनारखोलीमा स्थानीय प्रशासनको सक्रियतामा बाटो खुलाउने क्रम जारी छ । धनगढी र महेन्द्रनगरबाट पहाडतर्फ लागेका गाडी अलपत्र परेका छन् । सडक सञ्चालनमा ल्याए पनि लगत्तै हिमपात हुँदा फेरि अवरुद्ध हुने गरेको स्थानीयबासीले बताएका छन ।

बैतडी दुदेलाखान र मुस्याचौरभन्दा अगाडि बझाङतिर जाने सडक पनि अवरुद्ध छ । बझाङ सदरमुकाम चैनपुरबाट हिँडेका गाडी श्रीभावर र ढोल्यामोड आसपासमा अलपत्र छन् । बैतडी अनारखोेली क्षेत्रमा इन्टरनेटका र मोबाइलका रिपिटर टावरमा पनि हिमपातले अवरोध ल्याएको छ । धेरै जिल्ला सदरमुकाममा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय बैतडी, बझाङ र डोटी तथा डडेलधुराका आधा दर्जन जेसीबी सडक खुलाउन प्रयोग गरिएका छन् । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले तीन दिनदेखि हिमपातका कारण सडक यातायात मात्र होइन, गाउँबस्तीको जनजीवन पनि प्रभावित भएको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81