२०८३ वैशाख ६, आइतबार
११:५७:४३ राति
- ADVERTISEMENT -

मकवानपुरगढीमा विजयोत्सवः गढीको पर्यटकीय विकास गर्न राष्ट्रपतिबाट आह्वान

प्रकाशित मिति: २०७५ माघ १०, बिहीबार

914
Shares

हेटौंडा, माघ १० गते बिहिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ ।

बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६ औंँ विजयोत्सवका उपलक्ष्यमा मकवानपुरगढी गाउँपालिकाले आज आयोजना गरेको विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले गढी परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाल एकीकरण अभियानमा अतिमहत्वपूर्ण भूमिका निर्वाह गरेको स्थान मकवानपुरगढीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

वि।सं १८१९ आजकै दिन गुरगिन खाँको नेतृत्वमा रहेको मुसलमानी फौजलाई गोरखाली फौजले जिती मकवानपुर हात लागेको थियो । पछि सिन्धुलीगढीमा विसं १८२४ कात्तिक २४ मा अङ्ग्रेज फौजलाई हराएपछि गोरखाली फौजले हराएपछि गोरखालीहरु विदेशीसँग लड्न सक्षम भएको प्रमाणित भएको थियो ।

“नेपाली सेनाले विदेशी सेनालाई पराजित गरेको यो गढीलाई सरकारले नेपालको पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरेर गढीको पर्यटकीय विकास गर्न पहल गर्नुपर्छ ।” राष्ट्र निर्माणमा संलग्न पूर्वजहरुको योगदानको स्मरण गर्दै राष्ट्रपति भण्डारीले नेपालले कहिल्यै कसैको उपनिवेश बन्नु नपरेकामा गर्व गर्नुपर्ने बताउनुभयो । मकवानपुरगढी क्षेत्रमा रहेको वनजङ्गलको संरक्षण गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले मकवानपुरका प्राकृतिकलगायत सम्पूर्ण सम्पदा र स्रोतको सम्बद्र्धनमार्फत पर्यटन विकास गर्न आह्वान गर्दै राष्ट्रपतिले भन्नुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको ऐतिहासिक सम्पत्ति मकवानपुरगढीको संरक्षणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्दै मकवानपुरगढीको पुनःनिर्माणमा प्रदेशले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरगढीको संरक्षणमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले मकवानपुरगढीको संरक्षण, सम्बद्र्धन र पर्यटकीय विकासमा गाउँपालिकाले चाल्ने कदममा सहयोग गरिदिन सबैमा अनुरोध गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98