२०८२ चैत २७, शुक्रबार
४:४१:२२ दिउँसो
- ADVERTISEMENT -

उत्तरी गोरखामा भारी हिमपात

प्रकाशित मिति: २०७५ माघ ९, बुधबार

1003
Shares

गोरखा,९ माघ २०७५। उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

“छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्कनसमेत सकेका छैनन । गए रातिदेखि परेको हिमपात अहिले पनि जारी रहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

उत्तरी गोरखाका करीब दुई हजार ५०० मिटर उचाइभन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांश क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानीयवासीले बताएका छन् । “अत्यधिक हिमपात भएपछि स्थानीय घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अवस्था छैन ।” चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भन्नुभयो ।

हिउँले मनास्लु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानीयको भनाइ छ । अत्यधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितले भने सास्ती खेप्नुपरेको छ । अघिल्लो वर्षमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भए पनि यस वर्ष ढिलो गरी हिउँ परेको स्थानीयले बताएका छन् ।(रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.96
148.56
EUR
European Euro
1
172.82
173.53
GBP
UK Pound Sterling
1
198.45
199.26
CHF
Swiss Franc
1
187.05
187.81
AUD
Australian Dollar
1
104.13
104.55
CAD
Canadian Dollar
1
106.86
107.29
SGD
Singapore Dollar
1
116.07
116.54
JPY
Japanese Yen
10
9.31
9.35
CNY
Chinese Yuan
1
21.64
21.72
SAR
Saudi Arabian Riyal
1
39.43
39.59
QAR
Qatari Riyal
1
40.58
40.75
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
37.15
37.30
KRW
South Korean Won
100
9.99
10.03
SEK
Swedish Kroner
1
15.88
15.95
DKK
Danish Kroner
1
23.13
23.22
HKD
Hong Kong Dollar
1
18.89
18.96
KWD
Kuwaity Dinar
1
482.74
484.70
BHD
Bahrain Dinar
1
392.21
393.80
OMR
Omani Rial
1
384.31
385.87