२०८३ वैशाख ८, मंगलबार
४:२९:०८ दिउँसो
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा ताल संरक्षण गर्न प्राधिकरण गठन गरिने

प्रकाशित मिति: २०७५ माघ १, मंगलबार

1087
Shares

पोखरा, १ माघ २०७५ । गण्डकी प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेशभित्र रहेका ताल, पोखरी, कुण्ड लगायतको संरक्षण तथा विकास गर्न प्राधिकरण गठन गर्ने प्रक्रिया सरकारले थालेको हो ।

ताल संरक्षण तथा विकास प्राधिकरण विधेयक मन्त्रिपरिषदले पारित गर्दै प्रदेश सभा सचिवालयमा दर्ताका लागि पठाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पर्यटनमन्त्री सदस्य रहने गरी विज्ञसहितको प्राधिकरण गठन हुने छ । सरकारले प्राधिकरणमा एक जना विज्ञलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने छ ।

ताल तथा सीमसार क्षेत्रका विज्ञहरुसँग राय, सुझाव र छलफल गरेर विधेयक तयार पारिएको पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए ।

सरकारले कानुन निर्माण, बोर्ड गठन र गण्डकी प्रदेशका सीमसार क्षेत्रको पहिचानका लागि यो आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

१ करोडसम्मको योजना उपभोक्ता समितिलाई

गण्डकी प्रदेश सरकारले अब १ करोड रुपैयाँसम्मको आयोजना निर्माणको काम अब उपभोक्ता समितिमार्फत गराउने भएको छ । त्यस्ता आयोजना जनसहभागिता जुटाएर उपभोक्ता समितिमार्फत गराउने गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

उपभोक्ता समितिमार्फत आयोजना निर्माण गर्दा ठेकेदार कम्पनीलाई ठेक्कामा दिन पाइँदैन । प्रदेशका अधिकांश आयोजना टेन्डरमा नै जाने भएकाले १ करोडसम्मको निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिने निर्णय गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

उपभोक्ता समितिले अर्को व्यक्तिलाई ठेक्कामा दिन नपाउने उनले बताए । खानेपानी आयोजनामा २० प्रतिशत, सिञ्चाईंमा १० प्रतिशत, सडक आयोजनामा १० प्रतिशत जनसहभागिता जुटाएर १ करोडसम्मको काम उपभोक्ता समितिले गर्न पाउने गरी कार्यविधि तयार गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81