२०८३ वैशाख ८, मंगलबार
४:४७:२८ दिउँसो
- ADVERTISEMENT -

भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित विन्द्रावती मा वि का प्रधानाध्यापक श्रेष्ठमाथि हातपात

प्रकाशित मिति: २०७५ पुस ३०, सोमबार

1368
Shares

गोरखा, ३० पौष २०७५ ।जिल्लाको भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठमाथि आइतवार हातपात भएको छ । जग्गाको विवादलाई लिएर बिद्यालय व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले बिद्यालय परिसरमै उनीमाथि हातपात गरेका हुन् ।

विद्यालयको भवन निर्माणका लागि शिवका बुवाले २०६७ सालमा केही जग्गा दान गरेका थिए । तर भवन निर्माणको क्रममा दान गरेको भन्दा बढी जग्गा मिचेको आरोप शिवको छ ।

‘म काम गरेर बाहिर निस्कदै थिए, केही कुरा गर्नुछ भनेर शिवजीले मलाई बोलाउनुभयो,’ बिद्यालयका प्रअ श्रेष्ठले भने, ‘अनि एक्कासी मेरो जग्गामा बनाएको भवन भत्काउनुपर्‍यो भन्नुभयो, मैले माथि कुरा गर्नुस् अनि नापी लिएर आउनुस् भनेको थिए, मलाइ कानून सिकाउछस् भनेर एक्कासी हात हाल्नुभयो ।’

२०६७ सालमा दान गरिएको जग्गा २०७३ सालमा मात्र पास गरिएको थियो । जग्गा पास गर्ने बेला शिव आफै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । ‘उहाँको बुवाले दान गर्नुभएको जग्गा हो त्यो, फेरि उहाँ अध्यक्ष हुँदा नै माइन्युट गरेर जग्गा दान भएको हो, तर अहिले भागवण्डा लगाउँदा त्यो जग्गा उहाँको नाममा पर्‍यो त्यही भएर जग्गा मिचियो भनिरहनुभएको छ,’ प्रअ श्रेष्ठले भने ।

भूकम्पपश्चात जापानिज संस्था जाइकाको सहयोगमा उक्त जग्गामा भवन निर्माण भएको हो । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको क्रममा आफ्नो जग्गा मिचेको आरोप शिवकुमार श्रेष्ठको छ । ‘मैले मेरो जग्गा मिचिएको छ भनेर बारम्बार निवदेन पनि दिए तर वास्ता गरेनन्,’ श्रेष्ठले भने, ‘आज पनि बिद्यालयमा पुगेर प्रअलाइ मेरो जग्गाको के भयो भनेर सोधेको, तपाईंको समस्या हो आफै नापी ल्याउनुस् आफै सुल्झाउनुस् भनेर खिल्ली उडानुभयो ।’ सामान्य धकेलाधकेल भए पनि प्रधानाध्यापकले आाफूमाथि कुटपिट गरेको आरोप लगाएको उनको भनाइ छ ।

माइन्युटमा निर्णय भएको भन्दा बढी जग्गा प्रयोग नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री नारायण श्रेष्ठ बताउँछन् । उनी हाल वडा अध्यक्ष पनि हुन् । शिव उनका छोरा हुन् ।

विद्यालय हातामै आएर आफूमाथि कुटपिट भएको प्रति असन्तुष्टि जनाउदै प्रअ श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन् । घटना पश्चात विद्यालय व्यवस्थापन समितिको बैठकले शिवलाई कारवाही गर्ने निर्णय गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताए । प्रशासनमा उजुरी परेसँगै शिवलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका सबै विद्यालय बन्द

प्रधानाध्यापकलाइ हातपात गरेको प्रति नेपाल शिक्षक महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार बिज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघ भीमसेन थापा गाउँपालिकाले दोषी माथि कडा कारवाहीको माग गरेको छ ।

घटनाको बिरोध स्वरुप सोमवबर गाउँपालिकाका सबै सामुदायिक बिद्यालयमा मध्यान्ह १२ बजेपछि पठनपाठन ठप्प बनाउने निर्णय महासंघले गरेको छ । हातमा कालोपट्टी बाँधेर विरोध जनाउन महासंघले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई आग्रहसमेत गरेको छ ।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति गोरखाले पनि आइतबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमवार बिज्ञप्ति प्रकाशित गर्दै महासंघले दोषी माथि कडा कारवाहीको माग गरेको छ । अनलाइन खबर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81