Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:१२ राति
- ADVERTISEMENT -

अहिलेसम्मकै धेरै पर्यटक

प्रकाशित मिति: २०७५ पुस २५, बुधबार

1213
Shares

काठमाडौँ, पुस २५ गते । सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो कुनै एउटा वर्षमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै सङ्ख्या हो । अध्यागमन विभागका अनुसार सन् २०१८ भर ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएका थिए । तीमध्ये नौ लाख ६९ हजार २८७ जना हवाईमार्ग र बाँकी दुई लाख तीन हजार ७८५ स्थलमार्ग हुँदै भित्रिएको विभागको तथ्याङ्क छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो ।

यस अवधिमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । तथ्याङ्क अनुसार सन् २०१७ को तुलनामा भारतीय पर्यटकको सङ्ख्या २५.१ प्रतिशतले बढेर दुई लाख ४३८ पुगेको छ । वृद्धिदरको हिसाबले सबैभन्दा धेरै श्रीलङ्काली पर्यटकले नेपाल भ्रमण गरेको पाइएको छ ।

अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ५५.७ प्रतिशतले सो देशका पर्यटकको सङ्ख्या वृद्धि भएर ७० हजार ६१० पुगेको विभागले जनाएको छ । सार्क क्षेत्रभरबाट उक्त अवधिमा २६.४ प्रतिशतले पर्यटकको सङ्ख्या बढेर तीन लाख एक हजार ९६३ पुगेको छ । सङ्ख्यात्मक हिसाबले भारतपछि चीनबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । सन् २०१७ को तुलनामा ४६.८ प्रतिशतले चिनियाँ पर्यटक वृद्धि भई एक लाख ५३ हजार ६०२ पुगेको छ । पर्यटक आगमनको हिसाबले तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ९१ हजार ७८५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । चौथो स्थानमा श्रीलङ्का रहेको छ । पाँचौँ स्थानमा रहेको बेलायतबाट ६३ हजार ८६ जना पर्यटक भित्रिएका छन् । थाइल्यान्डबाट ३६ प्रतिशत, दक्षिण कोरियाबाट ८.३ प्रतिशत र जापानबाट नेपाल आउने पर्यटकको सङ्ख्या ८.९ प्रतिशतले बढेको विभागले जनाएको छ । युरोपेली पर्यटकको कुल सङ्ख्यामा २३.३ प्रतिशतले वृद्धि भई दुई लाख ४३ हजार २८४ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -