- ADVERTISEMENT -

 बन्दीपुरमा डेढ लाख पर्यटक

January 2, 2019
1098
Shares
- ADVERTISEMENT -

तनहुँ, पौष १८, २०७५ । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिनुभयो । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । “भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका छन्,” उहाँले भन्नुभयो ।

यहाँ आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । “नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको छ,” गुरुङले भन्नुभयो । जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको छ । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधान बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको बताउनुहुन्छ ।

बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने प्रधान बताउनुहुन्छ ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिएको छ । पुराना घर भएकाले पनि बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । “परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको छ,” स्थानीयवासी राजु बानियाँले भन्नुभयो ।

काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -