विराटनगर, पुस ७
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किराँत समुदायको चाड उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले चाडको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, ‘उधौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।’
साथै, यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवम् पारिवारीक जमघट गराउने, र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ ।
उधौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातिय र भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन
धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने तर्फ लाग्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभएको छ ।
‘यो पर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न सवैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।