सुनसरी, ५ पौष २०७५ । सुनसरीको बराहक्षेत्रको बाहिरी परिसरमा बिशाल बराह सरोबर निर्माण हुने भएको छ। बराहक्षेत्र बिकाश संरक्षण मन्चकोको पहल र प्रशिद्द मूर्तिकार बिक्रम श्रिको कला सम्मिश्रणमा निर्माण हुन लागेको सरोबरले बराहा पर्यटनको नयां ढोका खोल्ने स्थानीयको आशा रहेको छ ।
बराह सरोबरले बराह पवित्र भूमिको ऐतिहासिकतालाई असर नपु¥याई निर्माण गर्न बराहमन्दिरका मुल पुजारी किरण भन्डारीले निर्माण पक्षसंग आग्रह गर्नुभएको छ । पोखरीको वीचमा बिशाल शिवलिड्ग र अनेकौ तिर्थस्थलका तस्बिर झल्कने प्याराफिट निर्माणहुने कलाकार बिक्रमले बताउनु भयो । आर्किटेक्चर मिथु मनिलानीको डिजाइन र मेरी क्यूइन तिम्सिनाको योजनामा सरोबर निर्माण हुने भएको छ । क्रमिक सुधार र बिकाश थपिएपछी बराहक्षेत्र पूर्वको ऐतिहासिक तिर्थस्थल सहज र ब्यावस्थित बन्दैगएको सरोकारवालाहरूले बताएका छन।
पबित्र कौशिका नदिको संगम स्थलमा रहेको बराहाक्षेत्रको बिकाशकोलागि स्थानियहरू सकृय भएर लागेको बराहाक्षेत्र बिकाश संरक्षण मन्चका अध्यक्ष नरबहादुर राइले बताउनु भयो । मन्चका अनुसार नजीकै रहेको गुफा र बराहा भगवानको पुरानो जग भएका ठाउहरूको समेत सरंक्षण क्रमश गर्ने मन्चले योजना बनाएको छ। कुनै समय जोखिमपूर्ण यात्रा गरेरमात्र पुग्न सकिने बराहक्षेत्रमा अहिले सुबिधा सम्पन्नबाटो र जल यातायात संचालनमा आएका छन।
पचासौं तिर्थालु र भक्तजनहरूलाइ बस्ने धर्मशाला र सुरक्षा चौकी बनेपछी ब्यवस्थापन अझ प्रभावकारि भएको स्थानिय ब्यवसायी कनंचन केशीले बताउनुभयो । पछिल्लो पटक पन्डित भन्डारीको पहलमा बराहक्षेत्रले रूप फेरेको अर्की ब्यवसायी हिरा दर्नालको मत रहेकोछ। प्रदेश न १ कै मूख्य धार्मीक एवं पर्यटन केन्द्र लाई सहज र आस्थाकेन्द्र बनाउन देश बिदेशबाट सहयोग प्राप्त हुने मन्चले बिश्वास लिएको मन्चका पदाधीकारीहरूले बताएका छन ।
बराहाक्षेत्रको बिकाशले प्रदेशकै पर्यटनमा महत्व झल्काउन सक्ने सहभागि निर्वाचन आयोग बिराटनगर कार्यालयका प्रमुख प्रकाश भन्डारीले बताउनु भयो । विक्रम सम्वत १०१० तिर किरातहरूले प्रचलमा ल्याईएको मानिने बराहक्षेत्र तिर्थस्थल पूर्वान्चलको महत्वपूर्ण धार्मीक केन्द्र मानिदै आएको छ।









































