२०८३ वैशाख ७, सोमबार
१२:०७:३६ राति
- ADVERTISEMENT -

उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’

प्रकाशित मिति: २०७५ मंसिर २७, बिहीबार

1266
Shares

बागलुङ, २७ मङ्सिर २०७५ । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।

टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । “मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।” ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो ।

“पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो” इञ्जिनीयर शर्माले भन्नुभयो, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।” भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए ।

“मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले भन्नुभयो । कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तीय सेवा विस्तारमा प्राथमिकता दिएको हो । सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रत्यक्ष लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकमबाहेक अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा पुगेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98