२०८२ चैत २९, आइतबार
६:४२:१४ बेलुका
- ADVERTISEMENT -

मनकारी सांसद श्रेष्ठ, जस्ले दिए प्रहरी चौकी बनाउन २ कठ्ठा जग्गा

प्रकाशित मिति: २०७५ मंसिर २५, मंगलबार

3600
Shares

तनहुँ, मंसिर २५ | तनहूँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्रहरी चौकी निर्माण गर्न २ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–४ औराहामा प्रहरी चौकी निर्माणको लागि सांसद श्रेष्ठ र उनका व्यवसायीक साझेदार इच्छा वाग्लेले करिब ४० लाख रुपैयाँ पर्ने २ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको हो । सांसद श्रेष्ठ जितपुर सिमरा उपमहानगरका उद्योगी समेत हुनुहुन्छ ।

हालसम्म अस्थायी प्रहरी पोष्ट मात्र रहेको उक्त स्थानमा प्रहरी चौकीको लागि आवश्यक पर्ने जग्गा उपलब्ध नहुँदा प्रहरी चौकी भवन बन्ने अवस्था नभएको र सो चौकी अन्यत्र सर्न लागेको भन्दै स्थानीय बासिन्दाहरुले सांसद श्रेष्ठ समक्ष जग्गा उपलब्ध गराईदिन यसअघि देखी नै अनुरोध गरेका थिए । उक्त स्थानमा २०६८ सालमा नै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो तर जग्गाको अभावमा प्रहरी चौकीको भवन निर्माण भने हुन सकेको थिएन ।

स्थानीय बासिन्दाको अनुरोध पछि आफुले आफ्नो नाममा रहेको जग्गा मध्येबाट २ कठ्ठा जग्गा प्रहरी चौकीलाई उपलब्ध गराएको सांसद श्रेष्ठले बताउनु भयो । तर जग्गाको स्वामित्व हस्तान्तरणको आवश्यक कागजी र कानुनी प्रक्रिया भने एक महिना भित्रमा सम्पन्न हुने सांसद श्रेष्ठले बताउनु भयो ।

मंगलबार स्थानीय बासिन्दा, प्रहरी कार्यालयका प्रतिनिधि सहित सम्बन्धीत जग्गामा पुगी सांसद श्रेष्ठले प्रहरी चौकी भवनको निर्माणको लागि पनि आफुले रकम उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16