२०८३ वैशाख ८, मंगलबार
३:२२:५० दिउँसो
- ADVERTISEMENT -

विवाहपञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने

प्रकाशित मिति: २०७५ मंसिर २५, मंगलबार

1106
Shares

जनकपुर, २५ मङ्सिर २०७५ । रामजानकी विवाहपञ्चमी भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् । जनकपुरमा रामजानकी विवाहपञ्चमी र मुख्यमन्त्री योगि आदित्यनाथको भ्रमणलाई लिएर प्रदेश २ को सुरक्षा बढाइएको छ ।

विशेष पाहुना बनेर आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा सतर्कता पनि बढाइएको हो ।

महोत्सवका लागि तीन हजारको संख्यामा प्रहरी परिचालन गरिएको छ । यसमध्ये प्रदेश नम्बर २ का प्रत्येक जिल्लाबाट एक हजार नेपाल प्रहरी बोलाइएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाबाट १ सय प्रहरीलाई जनकपुर बोलाइएको छ ।

प्रत्येक जिल्लका प्रहरी नायव उपरीक्षाको नेतृत्वमा प्रहरीलाई बोलाइएको हो । बाकी दुई हजार प्रहरी भने प्रदेश १ र तीनबाट बोलाइएको छ । यस्तै, आन्तरिक तथा बाह्य पर्यटक चढेर आएको सवारी साधनको लाम लाग्ने भएकाले नगरभरि ट्राफिक व्यवस्थापनमा विशेष जोड दिइएको छ ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउबाट सीधै जनकपुरधाम विमानस्थलमा ओर्लने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिधै प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् र त्यहाँबाट प्रदेश सरकारको निमन्त्रणामा मधेश भवनमा आयोजना हुने दिवाभोजमा सरिक हुनेछन् । उनी सोही दिन रंगभूमि मैदानमा आयोजना हुने रामजानकी स्वयम्वरमा सरिक हुँदै काठमाडौँ जाने कार्यक्रम तय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81