Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१८ बिहान
- ADVERTISEMENT -

सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई बाबुरामको सचेत

प्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार

924
Shares

 

खोटाङ, २१ मङ्सिर २०७५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई विहिबार सम्बोधन गर्दै भट्टराईले सिंहदरबारको अधिकार गाउँमा पुग्नुपर्नेमा भ्रष्टाचार प्रवृत्ति गाउँमा पुगेको जनगुनासो आएको बताए ।

‘सिंहदरबार चैं गाउँमा पुर्‍याउने भनेको तर कतिपय अवस्थामा सिंहदरबारमा थुप्रिएर, गुम्सिएर रहेको भ्रष्टाचार गाउँमा गयो भन्ने छ । त्यो रोग चैं नल्याउनुहोला । राम्रो कुरा सिक्ने हो । नराम्रा कुरा सिक्ने होईन’ भट्टराईले भने । उनले मुलुकको संघीयतालाई असफल पार्नका लागि हाल संघीयता विरोधी समुहले स्थानीय तहमा ‘मनपरी भइरहेको, मनलाग्दो कर असुल गरिरहेको’ भन्दै संघीयताप्रति नकरात्मक प्रचार गरिरहेकोतर्फ सचेत रहन आग्रह गरे ।

‘स्थानीय तहले त्यस्तो उत्पात गरेजस्तो लाग्दैन । दुरुपयोग त केन्द्रमा पनि छ । संघीयता र स्थानीय तह भनेको भर्खर जन्मेको बच्चा हो,’ भट्टराईले भने, ‘फोहोर गर्‍यो भन्दैमा नानीलाई फ्याक्दिने होईन, सफा गरेर जानुपर्छ । तर त्यही वहानामा संघीयतालाई नै फाल्दिने जालमा फस्नु हुँदैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -