पोखरा, मंसिर २०। बिहीबार पोखरामा एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘कुनै पनि नेपाली नागरिक, नागरिकता लिने अधिकारबाट वञ्चित हुन हुदैँन ।

गुरुङले ‘हिमाली र तराईमा राजनीति गर्ने नेताहरुले स्वार्थपूर्तिको लागि भाञ्जा भाञ्जीलाई नेपाली नागरिक बनाउने चाहना राख्छन्, सीमित व्यक्तिको स्वार्थपूर्तिको लागि हुने यस्तो कार्य रोकिनुपर्छ।’

गुरुङले हिमाली र तराई क्षेत्रको खुला सीमाना कारण अन्य देशका नागरिकलाई राजनीतिक दलले स्वार्थपूर्ति गर्नको लागि भाञ्जा भाञ्जीको नाता जोडेर नागरिकता दिने गरेको भन्दै कटाक्ष गरे। यस्तो कार्य रोक्न प्रशासनिक तवरबाट पनि स्वविवेक प्रयोग नभएको उनले आरोप लगाए।

यस्तै, मुख्यमन्त्री गुरुङले समयानुरुप ऐनहरु पनि परिमार्जन गर्नुपर्ने बताए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्