काठमाडौं, मंसिर १९ । सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा आइतबार संसदीय सुनुवाई गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको आज विहान बसेको बैठकले चारै देशका लागि सिफारिस भएका रादूतहरुलाई सुनुवाईका लागि मंसिर २३ गते आइतवार बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यलाई सिफारिस गरेको छ । उहाहरुविरुद्ध समितिमा कुनै उजुरी परेको छैन । सुनुवाईअघि समितिले मंसिर २१ गते शुक्रबार पाँचजना पूर्व राजदूतसँग छलफल गर्नेछ ।