२०८३ वैशाख ६, आइतबार
११:३५:०८ राति
- ADVERTISEMENT -

गण्डकी गाउँपालिका–८ मा वडास्तरमै युवा स्वरोजगार कार्यक्रम

प्रकाशित मिति: २०७५ मंसिर १६, आइतबार

1367
Shares

गोरखा , मङ्सिर १६ गते । गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेशा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालु आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । “कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएकोे छ”, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौँ ।”

स्वरोेजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेशा व्यवसाय गर्नु पर्ने र कम्तीमा पाँच वर्ष सोही पेशालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो । “पुराना पेशा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ, वडाध्यक्ष रेग्मीले भन्नुभयो, “धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।

कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा रु ५० हजार र समूहलाई रु दुई लाखसम्मको अनुदान सहयोग गर्ने उहाँले बताउनुभयो । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेशिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।

तरकारी खेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “अहिले युवा महीनामा रु २०÷३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक रु ५० हजार कमाउने पनि छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98