२०८२ चैत २९, आइतबार
८:०८:०२ राति
- ADVERTISEMENT -

२४ देशका पर्यटन विज्ञ सम्मेलित पहिलो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

प्रकाशित मिति: २०७५ मंसिर ९, आइतबार

1703
Shares

काठमाडौं, मङ्सिर ९ गते आइतबार । विभिन्न २४ देशका पर्यटन विज्ञ सम्मेलित अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । पर्यटन प्रवद्धधन र दिगो विकासका बारेमा छलफल गर्न आयोजना गरिएको सम्मेलन सम्पन्न भएको हो ।

दुई दिन सम्म चलेको सम्मेलनमा पहाडी मुलुकका पर्यटकिय क्षेत्रको विकासका सम्भावना, अवसर र चुनौतीका विषयमा विज्ञहरु बीच अनुभव आदानप्रदान गरिएको थियो । पर्यटन प्रवद्र्धधनका लागि सरकार, सामाजिक संस्था, सञ्चारमाध्यम, पर्यटन व्यवसायी सहित निजी क्षेत्र भूमिका र स्थानीयको सकृयता महत्त्वपूर्ण हुने विज्ञहरुले निष्कर्ष निकालेका छन्। पर्यटनलाई आर्थिक समृद्धि र संस्कृति संरक्षणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिइएको थियो । सम्मेलनमा विश्व भर भइरहेको पर्यटकीय क्षेत्रको दिगो विकासको अभ्यास र आवश्यकताका विषयमा समिक्षा गरिएको थियो ।

ग्रीन अर्थ अलाइन्स इन्टरनेशनल भारतको आयोजनामा भएको सम्मेलन नेपाल र भारत सहितका देशमा पर्यटन का क्षेत्रमा क्रियाशील निकायका प्रमुखहरु समेत सहभागी थिए । नेपालको पर्यटकीय क्षेत्रसँग मिल्दो जुल्दो हिमालय, हिन्दुकुश, काराकोरम, आल्पस्, आन्देश लगायतको प्रचारप्रसार,संरक्षण र दिगो विकासका लागि पहिलो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गरिएको ग्रीन अर्थ अलाइन्स इन्टरनेशनलका प्रमुख डा. अनिल जग्गीले बताए । युएनले अघि सारेको दिगो विकासको लक्ष्य भित्र समेटिएका १७ वटा अवधारणा पुरा गरेपछि मात्रै पर्यटनका क्षेत्रमा उपलब्धि भएको मानिने उनको भनाइ छ । ‘अबको आवश्यकता दिगो विकासको हो, युएनले तयार गरेको सस्टेनेवल गोलको अभ्यास सबै देशहरूले थालेका छन् ।’ डा जग्गीले भने ‘हामीले पनि त्यसैलाई आधार बनाएर अभियानात्मक रुपमा कार्यक्रमहरु अघि बढाएका छौं ।’ पहिलो पटक नेपालमा भएको अन्तराष्ट्रिय सम्मेलनमा विज्ञहरुको छलफलमा उठेका सवाल र निष्कर्षलाई सुझावका रुपमा निति निर्माण तहमा पठाइने उनको भनाइ छ ।

पर्यटन र दिगो विकासका क्षेत्रमा भएको यस्तो सम्मेलन अहिले सम्मकै पहिलो र उपलब्धिमुलक भएको सहभागीहरुले बताएका छन् । विज्ञहरुले अनुभव आदानप्रदान र अन्तरदेशीय छलफलले विश्वका पर्यटकमा राम्रो सन्देश जाने भएकाले यसलाई निरञ्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सरकारको लक्ष्यलाई सम्मेलनले सहयोग पुग्ने : मन्त्री अधिकारी

नेपाल सरकारको लक्ष्यलाई अन्तराष्ट्रिय सम्मेलनले महत्त्वपूर्ण सहयोग पुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सन् २०२० सम्ममा बढी भन्दा बढी पर्यटक भित्राउने सरकारको योजना रहेकाले त्यो अभियानमा सहभागी हुन विश्व समुदायलाई अपिल गरे । ‘अबको दुई वर्ष सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल घुमाउने हाम्रो लक्ष्य छ । त्यसलाई यो सम्मेलनले टेवा पुर्याउने अपेक्षा गरेको छु ।’ मन्त्री अधिकारीले भने ‘युएनले अघिसारेको दिगो विकासको लक्ष्य अनुसार नेपालले पनि अभ्यास गरिरहेको छ ।’ सरकारले देशका महत्त्वपूर्ण गन्तव्यहरुलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको मन्त्री अधिकारीले जानकारी दिए ।

सम्पन्न सम्मेलनमा उठेका सवालले नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ कुरा सिकाएको पर्यटन व्यवसायी र सामाजिक संस्थाका अगुवाहरुले बताएका छन् । विज्ञका अनुभव र भनाइले आफुहरुलाई थप उर्जा मिलेको पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिका अध्यक्ष डेण्डी शेर्पाले बताए ।

पोकली थोलेदेम्बा पिके पर्यटन विकास संरक्षण समितिका उपाध्यक्ष छोङ्वा शेर्पाले नेपालको पूर्वी पहाडमा जिल्लामा पर्यटनको सम्भावना र आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तराष्ट्रिय सम्मेलनमा ओखलढुंगाका शेर्पा समुदायका कलाकारले सांस्कृतिक झाँकि (सेब्रु नृत्य) समेत प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16