२०८३ वैशाख ६, आइतबार
११:४६:३८ राति
- ADVERTISEMENT -

दश महिनामा ११ लाखले गरे लुम्बिनी भ्रमण

प्रकाशित मिति: २०७५ मंसिर ८, शनिबार

1746
Shares

काठमाडौँ, ८ मङ्सिर २०७५ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । दश महीनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।

यस्तै एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८२३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९८८ भारतीय र अन्य देशका नौ हजार ७१४ जनाले भ्रमण गरेका छन् ।

यस्तै सन् २०१८ को अक्टोबरमा ८८ हजार ५८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९०८ जना भारतीय र अन्य देशका १८ हजार ३८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार लुम्बिनीमा श्रीलङ्काका ३७ हजार १३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै म्यान्माका १४ हजार २२४ जनाले लुम्बिनी भ्रमण गर्दा थाइल्याण्डका १४ हजार ७७९ पर्यटकले भ्रमण गरेका छन् । यस्तै सन् २०१८ को अगस्तसम्म १० हजार ५७७ जना चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पनि पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको जानकारी दिनुभयो । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उहाँको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी क्षेत्रको भौतिक विकासका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको छ । आगामी तीन वर्षभित्र लुम्बिनी गुरुयोजनालाई पूरा हुने गरी काम अगाडि बढाइएको छ ।

लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको जानकारी दिँदै उहाँले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा लुम्बिनीसमेत विशेष प्राथमिकतामा रहेको बताउनुभयो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98