- ADVERTISEMENT -

नीजिआवास पुननिर्माण तिब्र रुपले अगाडी बढ्दै सिरानचोक गाउँपालिका

November 23, 2018
1177
Shares
- ADVERTISEMENT -

मङ्सिर ७ गते शुक्रबार । गोरखाको सिरानचोक गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्र रहेका निजि आवास पुन निर्माण सम्बन्धी प्रगति विवरणको लेखा-जोखा गरी आगामी दिनमा बाँकी कार्य तीब्र रुपले अगाडी वढाउने निर्णय गरेको छ ।

गाउँ कार्यपालिका छोप्राकमा गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिक प्रतिनिधिहरुको उपस्थितिमा गत मंसिर ४ गते सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममार्फत सो निर्णय गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त अन्तरक्रिया कार्यक्रम सिरानचोक गाउँपालिकाको निजि आवास पुन निर्माण सम्बन्धी कार्यलाई द्रुत रुपमा अगाडी बढाउनको निम्ती निकै फलदायी भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

हालसम्म सिरानचोक गाउँपालिकाको लाभग्राहीको सूचीमा समावेश भएका ५ हजार ८ सय ९४ घर धुरी मध्ये ५ हजार ५ सय ९१ घरधुरीले सम्झौता गरी निजि आवासको पहिलो किस्ता बुझेका छन् । त्यस्तै ५ हजार १ सय ६ घरधुरीले दोस्रो किस्ता र ४ हजार २ सय ८१ घरधुरीले तेस्रो किस्ता रकम बुझिसकेका छन् । घर पुन निर्माण गर्नको निम्ती निजि जग्गा नभएका ३३ घरधुरी रहेका छन् । प्रवलीकरणमा नाम समावेश भएका ८ सय ४७ घरधुरीलाई सवलीकरणमा परिवर्तन गर्न प्रकृया अगाडी बढाएईको छ । ३ सय १८ घरधुरी सर्वे हुन बाँकी रहेका छन् ।

त्यसैगरी, निजि आवास पुन निर्माण सम्झौता गर्न बाँकी रहेका घरधुरी, पहिलो किस्ता बुझेर घरको डिपिसि गर्न वाँकी रहेका घरधुरी, डिपिसि सम्पन्न गरी दोस्रो तथा तेस्रो किस्ता प्राप्त गर्न बाँकी रहेका छन । जसलाई घरधुरी, लाभग्राहीको सूचिमा समावेश नभएका रातो, सेतो, निलो कार्ड प्राप्त गरेका घरधुरीको एकिन गर्न र संकट अवस्थामा रहेका घरधुरीहरुको पहिचान गरी समस्या समाधानका उपायहरुको विषयमा समेत छलफल गर्न एक समिति गठन गरेको छ ।

सिरानचोक गाउँपालिकाका वडा अध्यक्षको संयोजकत्वमा एनआरए तथा वडामा निजि आवास पुन निर्माणमा प्राविधिक सहयोग पु¥याउने एनजिओ आईएनजिओका प्राविधिक प्रतिनिधिहरु सदस्य र वडा सचिव सदस्य सचिव रहने गरी वडा स्तरीय निजि आवास पुन निर्माण अनुगमन, निरिक्षण तथा व्यवस्थापन समिति गठन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -