२०८३ वैशाख ६, आइतबार
११:५३:१३ राति
- ADVERTISEMENT -

गण्डकी सरकारले थाल्यो गोरखादेखि तिब्बत जोड्ने सडकको सर्भे

प्रकाशित मिति: २०७५ कात्तिक ३०, शुक्रबार

1614
Shares

कात्तिक ३०, २०७५ पोखरा : तिब्बती सिमाना रुइला भन्ज्याङबाट गोरखा सदरमुकामसम्म जोड्ने सडकको सर्भे सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सडकको गत बुधबारदेखि सर्भे सुरु गरिएको हो। सोही सडकको बेनीघाट लार्के सडक खण्डको तल्लो भाग भने संघीय सरकारले नेपाली सेना मार्फत निर्माणको काम अघि बढाइरहेको छ।

नेपाली सेनाले निर्माण दलको क्याम्प नै खडा गरेर धमाधम सडक निर्माणको काम गरिरहेको छ। नेपाली सेनाले तलबाट खन्दै लगेको सडकमा माथिबाट जोड्ने गरी गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरी काम अघि बढाएको हो। ‘यसै वर्ष नाकाबाट सवारी चलाउने लक्ष्य छ,’ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘सोही बेनीघाट लार्के सडक खण्डको माथिल्लो क्षेत्र लार्के हुँदै तिब्बती सिमानासम्म सर्भे गरी प्रदेश सरकारको खर्चमा सडक निर्माण गर्न लागिएको हो। तल र माथि दुवै तर्फबाट सडक निर्माणको काम अघि बढाएर छिटो काम सम्पन्न गर्ने उदेश्यले काम अघि बढाइएको हो।’ अहिले दुईजना प्राविधिक, चुमनुब्री गाउँपालिका १ सामागाउँका वडा अध्यक्ष वीरबहादुर गुरुङ, वडा सदस्यहरु मिङ्मागर लामा, निमादोर्जे लामा, समाजसेवी लाक्पाडुण्डुप लामा सर्भेको काममा सहभागी भएका छन्।

सडक सर्भे सुरु गर्दा तिब्बती अधिकारीहरू रुइला नाका आएका थिए। तिब्बतको जुंगाबाट गोरखाको सिमाना रहेको रुइला नाकासम्म तिब्बत सरकारले भने यसअघि नै सडक निर्माण गरिसकेको छ। रुइला नाकाबाट सामागाउँ सम्मको १६ किलो मिटर सडक यसै वर्ष निर्माण गरिसक्ने प्रदेश सरकारको लक्ष्य छ। त्यसका लागि प्रदेश सरकारले यस वर्ष चार करोड रुपैयाँ विनियोजन गरेको मन्त्री बस्नेतले जानकारी दिए। प्राविधिक टोलीले अहिलेसम्म १२ किलोमिटर सडक सर्भे गरिसकेको बताएको छ। प्राविधिक टोलीले पहिलो चरणमा ३० किलोमिटर सडक खण्ड सर्भे गरिसक्ने काम पनिअघि बढाउने बताएको छ।

बाँकी खण्डमा सर्भे र निर्माणको कामसँगै अघि बढाउने तयारी छ। सोही सडकको तल्लो क्षेत्रमा नेपाली सेनाको निर्माण दलले हालसम्म १८ किलोमिटर सडक निर्माण गरिसकेको छ। सोही खण्डको तातोपानीसम्म ट्रयाक खन्ने काम गरिरहेको सेनाले जनाएको छ। त्यस्तै दोभानसम्म ट्रयाक खोल्न पहराहरु फुटाउनुपर्ने भएकोले नेपाली सेनाले अहिले विष्फोटक पदार्थहरु जडान लगायतको काम गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98