Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:०८ बिहान
- ADVERTISEMENT -

छठपछि संघीय सरकारमा परिवर्तन हुने मन्त्री सोनलको दावी, कम्युनिष्ट शासनबाट जनता पीडित भएको आरोप

प्रकाशित मिति: २०७५ कात्तिक १९, सोमबार

1116
Shares

बारा, १९ कात्तिक २०७५ । प्रदेश २ का एक प्रभावशाली मन्त्रीले छठपछि संघीय सरकार बदलिने दाबी गरेका छन् । राजपाका महामन्त्रीसमेत रहेका भौतिक विकास मन्त्री जितेन्द्र सोनलले यस्तो दाबी गरेका हुन् ।

बिश्रामपुर गाउँपालिकास्थित २ करोडको लागतमा गाडिने स्टेट बोरिङको जग्गा अनुगमनको सिलसिलामा आइतबार यहाँ आएका मन्त्री सोनलले एकाएक आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो दाबी गरे ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा अगाडि उल्लेख छः

‘हाम्रो २ नम्बर प्रदेश सरकार ढल्दैन, बरु केन्द्र सरकार छठपछि ढल्छ,’ उनले भने, ‘माधव नेपाल ज्यूको पार्टीमा आफैं खैलाबैला छ । ३ नम्बर प्रदेशमा हेर्नुस्, एउटा मन्त्री बर्खास्त गरिएको छ । एउटा मन्त्रीले अर्कोलाई मान्ने स्थिती छैन् ।’

काठमाडौंको सरकारको आफैं दिनगन्ती सुरु भएको उनले दाबी गरे । त्यस गाउँमा सोनल आएको अघिल्लो दिन नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले छठपछि प्रदेश २ को सरकार बदलिने बताएका थिए । शुभकामना आदान प्रदान सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका थिए । त्यसै अभिव्यक्तिको प्रतिवाद गर्न मन्त्री सोनलले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गराएर संघीय सरकार छठपछि ढल्ने बताएका हुन् । ‘एक वटा होइन, ५ वटा छठ वितेपनि हाम्रो सरकार नढल्ने उनले दाबी गरे ।

उनले व्यङ्गात्क शैलीमा भने, ‘माधव नेपाल ज्यू, रौतहटबाट हारेर काठमाडौं जानु भयो, मधेसको जनताको आकांक्षा पुरा गर्न सक्नु भएन । अहिले मधेसमा आएर हाम्रै सरकार ढल्ने बताउनुहुन्छ । बरु उहाँको पार्टीको केन्द्रीय सरकार परिवर्तन छठपछि हुँदैछ । कम्युनिष्ट पार्टीमा दैनिक कुटाकुटको अवस्था छ ।’ यो देशमा कम्युनिष्ट शासन नचल्ने उनले दाबी गरे । ‘लोकतान्त्रिक मुल्य मान्यतालाई समाप्त गरेर जनताको आकांक्षालाई समाप्त गर्ने कम्युनिष्ट पार्टीको याजना सफल हुँदैन्, पत्रकार, न्यायपालिका, प्रहरी र प्रशासनलाई हातमा लिन चाहेको कम्युनिष्ट शासनको सपना पूरा हुँदैन ।’

प्रदेश २ को सरकार विकाससँगै शक्ति सन्तुलनको तयारीमा जुटेको उनले दाबी गरे । सरकारले राज्यको शक्ति र अर्थ दुरुपयोग गरिरहेको उनले आरोप लगाए । ‘पार्टीको कार्यालय उद्घाटन गर्न हेलिकोप्टरबाट मन्त्री आउँछन् । त्यस खर्चबाट एउटा क्यान्सर रोगीको उपचार हुन सक्थ्यो,’ उनले भने, ‘संघीय सरकारको कामकारबाहीबाट सबै क्षेत्र पीडित भएका छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -