टोकियो कात्तिक १७- नेपाली जनसम्पर्क समिति जापान ले विजयदशमी शुभदिपावली नेपाल सम्वत् तथा छट् पर्वको उपलक्षमा मात्री पाटी कॉंग्रेसले झैं प्रवासमा पनि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष पिताम्बर चापागॉंईको सभापतित्वमा सम्पन्न भएको थियो ,भने उक्त अवसरमा प्रमुख अतिथिमा जापान भ्रमणमा रहनु भएका वरिष्ठ एवम् चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ गर्नुभएको थियो ।त्यसैगरी अतिथिहरुमा जनसम्पर्क जापानका पूर्व सभापति एवम् नेपाली कांग्रेस महासमिती सदस्य महेश श्रेष्ठ पूर्व सभापति वलराम श्रेष्ठ पूर्व संयोजक भुपि गोविन्द श्रेष्ठ उपसभापति हरु पुश्कर जंग थापा , नवराज थापा लगायत जनसम्पर्क समितिका अन्य पदाधिकारी तथा सदस्यहरु एवम् प्रवासमा रहेका कांग्रेसीजनहरु लगायत जापान मा क्रियाशील बिभिन्न नेपाली राजनीतिक दलसंग आबद्व संगठनका प्रतिनिधि तथा बिभिन्न संधसस्था प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो
त्यसै गरि उक्तअवसरमा प्रत्रकार महासंघ जापान जापान शाखा अध्यक्ष मोहन घले लगायत प्रत्रकारहरुको उपस्थित रहेको थियो ।
शुभकामना दिने क्रममा प्रमुख अतिथि एवम् चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले अत्याधिक बिक्रीमारहेको महको म किताब को वारेमा छोटो जानकारी गराउनु भएको थियो भने नेपाल को बर्तमान राजनिती तर्फ केन्द्रीतगर्दै जातीयता भन्दा पनि पहिला राष्ट्रीयता महत्वपूर्ण हुने र सर्वप्रथम ऑंफु नेपाली भएको र राष्ट्रीय एकताकोलागी ऑफुहरुले कलाकारीता माध्यम वाट महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
उक्त अवसरमा उहॉं संगै आउनुभएका अन्यकलाकार हरुले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो । भने उपस्थित सवैले आफ्ना छोटो भनाई एवम् शुभकामना ब्यक्त गर्नु हुदै चिया पान तथा शुभकामना आदान प्रदान गरियको थियो ।