२०८३ वैशाख ८, मंगलबार
४:५५:३७ दिउँसो
- ADVERTISEMENT -

नेपाल भ्रमण वर्ष (२०२०) को कार्यक्रम संयोजकमा वैद्य नियुक्त

प्रकाशित मिति: २०७५ कात्तिक १७, शनिबार

1512
Shares

काठमाडौँ, कार्तिक १७ । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी शुक्रबार उनलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन्।

सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गर्न संयोजक आवश्यक परेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आगामी तीन वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजकमा वैद्यलाई नियुक्त गरिएको जानकारी दिए।

सरकारले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यलाई अगाडि बढाएको र कार्यक्रमको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रहेका वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्वअध्यक्ष हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81