२०८२ चैत २९, आइतबार
७:३१:०२ बेलुका
- ADVERTISEMENT -

मुस्ताङमा आन्तरिक पर्यटकको ओइरो, एकैदिन ४ हजार पर्यटक पुगेपछि समस्या

प्रकाशित मिति: २०७५ कात्तिक ८, बिहीबार

2203
Shares

जोमसोम, कात्तिक ८

प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ। यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ। मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे। दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन्।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ। मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए। गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए। आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ। हमालका अनुसार मंगलबार ३६ वटा बस, ३ सय ७० वटा जिप, ७ सय १५ मोटरसाइकल र २ वटा पर्यटक जिप ९हरियो प्लेट० का गाडीमा ती पाहुना मुस्ताङ पुगेका थिए। त्यस्तै शनिबार १४ बस, १ सय २६ जिप, १ सय २५ मोटरसाइकल र ४२ वटा पर्यटक जिप मुस्ताङ भित्रिए। आइतबार २८ बस, २ सय १६ जिप, ३ सय ५० मोटरसाइकल र ५ वटा पर्यटक जिप तथा सोमबार १४ बस, एस सय ७ जिप, २ सय ७५ मोटरसाइकल र ८ वटा पर्यटक जिपमा पर्यटक त्यहाँ पुगेका थिए।

‘नेपालका सबैजसो ठाउँबाट आन्तरिक पर्यटक घुम्न आएका छन,’ हमालले भने, ‘अरु बेला सामान्य अवस्थामा दैनिक दर्जन हाराहारीमा सवारीसाधन चल्ने सडकमा यसपटक दसैका बेला एकैदिन एक हजार बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्दा हामीलाई नै हम्मे हम्मे भयो।’ दैनिक सयौं आन्तरिक पर्यटक दसैंको बिदामा मुस्ताङ घुमेको व्यवसायी बताउँछन्। आन्तरिक पाहुनाको व्यवस्थापनमा हम्मे हम्मे भएको उनीहरुले बताए। यतिबेला विदेशी पर्यटक पनि नेपाल घुम्न आउने सिजन भएको पर्यटन व्यवसायी बताउँछन्।

जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनका अनुसार यस पटक आन्तरिक पाहुना बढेकाले मुस्ताङमा बेग्लै चहलपहल भयो। ‘पछिल्लो तीन वर्षदेख आन्तरिक पाहुना आउन थालेका हुन्। तर यस पटक त अपेक्षाभन्दा निकै बढी पाहुना आए,’ उनले भने, ‘होटलमा बास नपाएर धेरै पर्यटकले दुःख पाउनुप(यो।’ अग्रिम बुकिङ नगरेका पाहुनाले त होटलमा कोठा नै नपाएको उनले बताए।

राति अबेर गरी भित्रिएका पाहुना होटलमा बास नपाएर बसभित्रै सुत्नुपरेको समेत उनले बताए। ‘होटलमा कोठा नपाएर पाहुना बसमै रात काट्न बाध्य भए। एक त रातिमा आउने, त्यसमा पनि अग्रिम बुकिङ पनि नभएपछि बास पाउने कुनै रहेन,’ उनले भने। उनका अनुसार यतिबेला नेपाली अधिक र केही भारतीय पाहुना छन्। विदेशीको पनि सिजन भएकाले पर्यटन व्यवसायीलाई भ्याइनभ्याइ भएको उनले बताए।

तुलाचनका अनुसार जिल्लामा २ सय ५० होटल छन्। ती होटलमा १५ देखि ३० कोठासम्म छन्। ‘होटल मात्र नभई भट्टी पसल पनि पाहुनाले भरिए,’ उनले भने, ‘चिसो ठाउँ भएकाले खुला आकाशमुनि रात काट्नुभन्दा भट्टीमा सुतेर पनि पाहुना फर्किए।’ त्यस्तै यस पटक माथिल्लो क्षेत्र लोमान्थाङमा पनि आन्तरिक पाहुनाको अधिक भीढ भएको तुलाचनको भनाइ छ। मुस्ताङ आएका पाहुनामध्ये ४० प्रतिशत आन्तरिक पाहुना कोरला नाका घुम्न पुगेको उनले बताए। ‘कोरला नाकाले पछिल्लो समय चर्चा कमाएसँगै मुक्तिनाथ घुम्न मात्र भनेर आएका पाहुना पनि लोमान्थाङ पुगेर फर्केका छन,’ उनले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत तुलसी दाहालले विगत केही वर्षदेखि दसैं–तिहारको लामो बिदामा आन्तरिक पर्यटकले मुस्ताङलाई मुख्य गन्तव्य बनाएको बताउँछन। उनका अनुसार पछिल्लो तीनवर्षदेखि आन्तरिक पाहुनाले बढीमात्रामा मुस्ताङलाई रोज्न थालेका छन्। ‘जब मोटरबाटो सहज भयो, त्यसपछि आन्तरिक पाहुनाले मुस्ताङ रोज्न थालेका हुन्,’ उनले भने, ‘मोटरबाटो खुलेको लामो समय भएपछि पछिल्लो समय सडक सहज बन्दै गएको छ। त्यसले आवागमलाई सजिलो बनाएको छ।’

उनका अनुुसार मुस्ताङ केही वर्षअघिसम्म विदेशी पर्यटकमा मात्र निर्भर थियो। अहिले भने आन्तरिक पर्यटकले पनि मुस्ताङलाई रोज्न थालेका छन्। ‘सिजनका बेला त बास पाउन पनि मुस्किल हुन्छ,’ दाहालले भने, ‘चाडबाडको बिदाले अझ बढी आकर्षण थपेको छ। स्थलमार्ग सहज नहुँदाको अवस्थासम्म हुनेखानेको मात्र मुस्ताङ पहुँचमा थियो। अहिले भने कम खर्च गर्ने क्षमताका आन्तरिक पर्यटकले पनि मुख्य गन्तव्य बनाउन थालेका छन् । त्यसको समग्रमा फाइदा मुस्ताङलाई पुगेको छ।’

पोखराका पर्यटन व्यावसायी पनि पछिल्लो समय आन्तरिक पर्यटकले नयाँ गन्तव्यलाई रोजाइमा पार्न थालेको बताएका छन्। उनीहरुका अनुसार छोटो बिदामा घुमघाम गर्ने पोखरा, लुम्बिनी, सौराहा जस्ता नजिकका गन्तव्य भन्दा अहिले टाढाका गन्तव्य पहिलो प्राथमिकतामा पर्न थालेका छन्। पोखरा पर्यटन परिषद (पिटिसी)का महासचिव दिल गौतमका अनुुसार पछिल्लो समय हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ, माथिल्लो भेग लोमान्थाङ, मनाङ, मनास्लु सहित रारा क्षेत्रमा अधिकमात्रामा आन्तरिक पर्यटक पुगेका छन्। ‘पोखरा, सौराहा, लुम्बिनी सहजका गन्तव्य हुन। यी क्षेत्रमा जहिले घुम्न आए पनि हुन्छ,’ उनले भने, ‘तर, हिमाली जिल्लामा जाउआउका लागि बढी समय लाग्ने हुँदा दसैं–तिहारको बिदालाई धेरैले सदुपयोग गर्न थालेका छन्।’ हिमाली जिल्ला घुमघामका लागि यो बेला उपयुक्त मौसम मानिने भएकाले पनि आन्तरिक पर्यटकले बढी रुचाउने गरेको उनले बताए। मुक्तिनाथ क्षेत्रमा कार्यरत प्रहरीका सई चित्रबहादुर केसीका अनुसार यस पटक अधिक संख्यामा आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका छन्।
(नागरिक)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16