Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:१३ बिहान
- ADVERTISEMENT -

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ– मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७५ असोज २४, बुधबार

1567
Shares

पोखरा, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताए । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि बढिरहेको बताए ।

पार्टी सङ्गठनलाई वडा तहसम्मै व्यवस्थित गरी योग्यता, क्षमता, त्याग र रुचिका आधारमा जिम्मेवारी प्रदान गरिने उल्लेख गर्दै उनले विकास र समृद्धिका लागि क्रियाशील बन्न कार्यकर्तालाई निर्देशन दिए । संविधानको पूर्णरूपमा कार्यान्वयन गरी सङ्घीय संरचनाको सफलताका लागि जनस्तरसम्म पार्टीलाई पु¥याइने बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले सरकारले गरेका महत्वपूर्ण कामलाई स्थानीय तहसम्म पु¥याउन पार्टी कमिटी र जनप्रतिनिधि सङ्गठित भएर लाग्नुपर्ने बताए । नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सङ्गठन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए ।

पार्टी संयन्त्र कास्कीका सदस्य कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर वैरागी र बखानसिंह गुरुङले चार वर्षभित्र जनताको पक्षमा काम नगर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिति थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -