२०८३ वैशाख ६, आइतबार
११:५९:२३ राति
- ADVERTISEMENT -

ओझेलमा इच्छाकामना गाउँपालिका

प्रकाशित मिति: २०७५ असोज १६, मंगलबार

2223
Shares

१६ असोज (रासस)

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको चेरेस, याक्राङटार, हात्तीवाङ, दाहाखानीजस्ता पर्यटकीय महत्वका स्थल छन् । सोही क्षेत्रमा चेपाङ, मगर, गुरुङलगायत आदिवासीको बाक्लो बसोबास छ । साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार आठ जनसङ्ख्या छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् ।

इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङ पर्यटकीय दृष्टिले उत्कृष्ट गाउँपालिका रहेको बताउनुहुन्छ । साठी वर्ष अघि उपारदाङगढीबाट सदरमुकाम भरतपुर सरेको थियो । सो ठाउँमा ऐतिहासिक किल्ला रहेका छन् । पृथ्वी राजमार्गको हुग्दीखोलाबाट तीन घण्टाको गाडीको यात्रापछि उपरदाङगढी पुग्न सकिन्छ । एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली सूर्याेदय र सूर्यास्त हेर्नका लागि अति नै उपयुक्त स्थान हो । चितवन जिल्लाको सम्पूर्ण भागका अतिरिक्त छिमेकी आठ जिल्लासमेत यहाँबाट अवलोकन गर्न सकिन्छ । इच्छाकामना र मनकामना दिदी बहिनीका रुपमा लिइन्छ । मनकामना जतिकै महत्व बोकेको इच्छाकामनाको महत्व बुझाउन नसक्दा ओझेलमा परेको छ । पाथीभरा मन्दिर शक्तिशाली देवीको मन्दिर हो । जुन उपरदाङगढी नजीकै छ । यहाँ दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरे नजीकै लामो झरना पर्दछ । गाउँपालिका प्रमुख गुरुङ यस क्षेत्रकै सबैभन्दा ठूलो झरना रहेको बताउनुहुन्छ । दैनिक ३०० भन्दा बढी पर्यटक यहाँ अवलोकन गर्न आउने गरेको उहाँको भनाइ छ । जलक्रिडाका लागि त्रिशूली नदी महत्वपूर्ण मानिन्छ । धादिङको सीमा क्षेत्र मौवाखोलाबाट भरतपुर महानगरको सीमा क्षेत्र रिग्दीखोलासम्म इच्छाकामना गाउँपालिका पर्दछ । तीस किलोमिटरभन्दा लामो जलक्रिडाका लागि यस गाउँपालिका हुँदै बग्ने त्रिशूली नदी महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ । दैनिक हजारौँको सङ्ख्यामा केबलकार चढेर मनकामना जाने यसै गाउँपालिकाको कुरिनटारस्थित चेरेसबाट जाने गर्दछन् । यससँगै सभ्य गुरुङ संस्कृति हेर्न याक्राङटार जान सकिन्छ । पुरानो र परम्परागत जनजातिको बसोबास रहेको हात्तीवाङ र दाहाखानीजस्ता पर्यटकीय महत्वका गाउँ पनि यहाँ रहेका छन् ।

चेपाङ समुदायको राम्रो बसोबास रहेको यस क्षेत्रमा उनीहरुको संस्कृति, रहनसहन र परम्परा जोकोहीका लागि नौलो मानिन्छ । सोही गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण अधिकारी यस क्षेत्रको हावापानी, नदीनाला, जनजाति बस्ती र उनीहरुको धर्मसंस्कृति जोकोहीका लागि नौलो र अनौठो हुने बताउनुहुन्छ । अधिकांश आदिवासीको बसोबास रहेको यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचार गर्नसकेमा जिल्लाकै नमूना पर्यटकीय गन्तव्य बन्ने अधिकारीको भनाइ छ । यही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग पर्दछ । जहाँबाट दैनिक २० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । सो क्षेत्रबाट प्रदेशसभाका लागि निर्वाचित सांसद घनश्याम दाहाल इच्छाकामना मन्दिरमा केबलकार जडान गर्नसकेमा मनकामना जतिकै महत्वपूर्ण बन्ने बताउनुहुन्छ । यस गाउँपालिकाका पर्यटकीय महत्व बोकेका ठाउँमा जिल्लाको सौराहा र पश्चिम चितवन आउने पर्यटकलाई लैजानु पर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले राम्रो गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने पनि उहाँको सुझाव छ । दाहालसँगै प्रदेशसभामा निर्वाचन लडेर पराजित हुनुभएका नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ इच्छाकामना, सफारी पर्यटन पछिको पहिलो पर्यटकीय गन्तव्य भएको बताउनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार नहुँदा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेर पनि ओझेलमा परेको उहाँको भनाइ छ । पर्यटकीय पूर्वाधारको विकास गरी इच्छाकामनाको पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्ने सरोकारवाला बताउँछन् । गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार शहरी क्षेत्रमा रिभर साइड, डालिमा, सिद्धार्थजस्ता ठूला होटल छन् भने ग्रामीण क्षेत्रमा बस्नका लागि होमस्टे छन् । बाह्रै महीना चिसो मौसम रहने हुँदा तराईको गर्मी र शीतलहर छल्न यो उपयुक्त ठाउँ रहेको छ । गाउँपालिकाले यहाँका पर्यटकीय गन्तव्यको वृत्तचित्र, पर्यटकीय गन्तव्यका बारेमा ब्रुसर, होमस्टेसम्बन्धी तालीम, टुरिष्ट गाईडसम्बन्धी तालीमसँगै पर्यटकीय पूर्वाधार निर्माण कार्य शुरु गरेको छ । गाउँपालिकाको अगुवाइमा पहिलो पटक ईच्छाकामना महोत्सवसमेत हालै आयोजना गरिएको थियो ।

Comment

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98