२०८२ चैत २९, आइतबार
८:००:३६ राति
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा कृषक बर्गीकरण

प्रकाशित मिति: २०७५ असोज ११, बिहीबार

1971
Shares

पोखरा, ११ असोज २०७५ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले देशमै पहिलोपटक कृषकको बर्गीकरण गर्ने भएको छ ।

राज्यका तर्फवाट संचालन गरिने कार्यक्रमहरु वास्तविक किसान समक्ष नपुगेको र झोले किसानले त्यस्ता सुविधा लिने गरेको चर्चा चलिरहदा गण्डकी सरकारले भने वास्तविक किसानको परिभाषा र पहिचानमा जुटेको हो ।

असोज ४ गते मन्त्रीस्तरिय निर्णयवाट कृषि मन्त्रालयले कृषक पहिचान तथा बर्गीकरण कार्यविधि २०७५ पारित गरेको छ । जसका आधारमा
प्रदेशभरका कृषकहरुको पहिचान गरिनेछ । कृषकलाई वार्षिक लगानी, कारोवार, मासिक आम्दानी, पारिवारिक खर्चमा योगदान, रोजगारी सिर्जना र व्यवसाय सञ्चालन अनुभवको आधारमा बर्गीकरण गरिएको छ ।

वार्षिक ३ करोड भन्दा माथि लगानी, २ करोड कारेवार र मासिक आम्दानी कम्तिमा ५ लाख भएकोलाई विशिष्ट कृषक परिभाषित गरिएको छ । विशिष्ट कृषकले पारिवारिक खर्चमा शतप्रतिशत योगदान, ३० जना माथि रोजगारी सिर्जना, ७ वर्षको अनुभव र तालिम प्राप्त अत्याधुनिक प्रविधि भएको हुनुपर्ने छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापामगरले कृषक पहिचान, वर्गिकरण र अभिलेखीकरणको माध्यमवाट वास्तविक कृषक लाभान्वित हुने वताउनु भयो । यसवाट प्रदेशमा किसानको वास्तविक तथ्याङ्क प्राप्त हुने र सोही अनुसार योजना वनाउन मद्त पुग्ने मन्त्री थापा वताउँछन् ।

मन्त्रालयले विशिष्टका अलावा उद्यमी, व्यवसायिक, व्यवसाय उन्मुख, साना, निर्वाहमूखी, सिमान्तमुखी र सौखिन कृषकको वर्गमा किसानलाई वर्गिकरण गरेको छ । करेशावारी र कौषी खेती गर्नेहरु सौखिन कृषकमा परेका छन् । पछिल्लो समय कौषी खेतीको प्रचलन पनि वढ्दो छ ।

नेपालमा खेती गरेकोलाई किसान भनिदै आएकोमा नयाँ वर्गिकरणले कस्तो किसान हो भन्ने अवगत हुने र सोही अनुसार राज्यका तर्फवाट प्रदान गरिने सेवा सुविधा वितरणमा सहयोग पुग्ने मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘ यो प्रदेश सरकारको पहिलो प्रयास हो । यसका आधारमा अन्य प्रदेश र संघीय सरकारलाई पनि किसानमैत्री ऐन वनाउन सहयोग पुग्दछ।’ सचिव श्रेष्ठले भने,‘सवैलाई किसान भन्नुपर्ने अवस्था अन्त्य गरेका छौँ । मोडल फार्म र नयाँ कार्यक्रम संचालनको लागि पनि यसवाट सहयोग पुग्दछ।’

कृषक पहिचान र बर्गीकरणको कार्य गण्डकी प्रदेशका ७ सय ५९ वडै वडाहरुमा संचालन हुनेछ । किसानहरुले सरकारले दिने अनुदान सुविधा पाउन अनिवार्य रुपमा दर्ता हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16