२०८३ वैशाख ८, मंगलबार
४:२२:३५ दिउँसो
- ADVERTISEMENT -

गल्छी–रसुवागढीः ‘भृकुटी राजमार्ग’ नाम राख्न आग्रह

प्रकाशित मिति: २०७५ असोज ८, सोमबार

2756
Shares

रसुवा, असोज ८ गते । गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् ।

नेपालकी छोरी भृकृटीको घर माइत गर्ने प्रमुख मार्ग नुवाकोट, केरुङ हुँदै तिब्बत थियो । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो । उनी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग कायम गर्न प्रस्ताव गरिएको हो । अहिले बालाजु–धुञ्चे सडकको नाम राष्ट्रिय विभूति सगरमाथा आरोही पासाङल्हामु शेर्पाको नामबाट राखिएको छ ।

सो सडकको नाम ‘भृकुटी राजमार्ग’ राख्ने प्रस्तावमा रसुवाका पाँच गाउँपालिका प्रमुख तथा रसुवा नागरिक समाजले समेत समर्थन गरेका छन् । भृकुटी राजमार्ग नामकरण गर्न समर्थन गर्नेमा गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, कालिका गापा अध्यक्ष सीतादेवी पौडेल, ,उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्साल, नौकुण्ड गापा अध्यक्ष नुर्पुसाङ्मो घले र पार्वतीकुण्ड गापा अध्यक्ष बुचुङ तामाङ तथा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ रहनुभएको छ ।

गल्छीदेखि मैलुङ रसुवागढीको दूरी ८७ किमी रहेको डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनीयर वीरेन्द्रप्रकाश गुप्ताले जानकारी दिनुभयो । काठमाडौँ देवपतनका महासामन्त अंशुवर्माले तिब्बतको सम्भावित आक्रमणबाट नेपाललाई जोगाउन, बौद्ध धर्म तिब्बतमा प्रचारप्रसार गर्न र तिब्बतमा सुन छ भन्ने मोहबाटै नाता सम्बन्ध स्थापित गर्न आफ्न छोरी भृकृटीलाई तिब्बतका राजा स्रङ्चङगम्पोसँग विवाह गराएको पूर्वप्रशासक एवं इतिहासकार रेशमबहादुर पाण्डे बताउनुहुन्छ । राष्ट्रिय विभूतिका रुपमा समेत सम्मानित भृकुटीका नामबाट राजमार्गको नामकरण गर्दा अत्यन्तै उपयुक्त हुने सुझाव उहाँले दिनुभयो ।

भृकुटीले विवाहपछि दुलहीका रुपमा काठमाडौँको जीतपुर फेदी, नुवाकोट डाँडा, गेर्खुटार, बेत्रावती, कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी हुँदै गएको र यही मार्गबाट घरमाइती गर्ने गरेको इतिहास रहेको बताउँदै पाण्डेले नेपाल र तिब्बत व्यापार व्यवसायको शुरुआत गर्ने पहिलो व्यक्ति भृकुटी नै भएको ठोकुवा गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81