Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:४९ बिहान
- ADVERTISEMENT -

सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना गर्दै

प्रकाशित मिति: २०७५ असोज ५, शुक्रबार

1478
Shares

ललितपुर,  आश्विन ५ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम संघीय संरचनाअनुरूप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई संघीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो ।

हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा संगठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले संघीय संरचनाअनुरूप अघि बढ्न नार्कले सातै प्रदेशमा अनुसन्धान निर्देशनालय स्थापनाको तयारी थालेको जानकारी दिनुभयो । सातै प्रदेशमा अनुसन्धान निर्देशनालय जतिसक्दो छिटो निर्देशनालय स्थापना गर्न तयारी तीव्र पारिएको छ ।

प्रदेश १ मा सुनसरी, २ मा बाराको परवानीपुर तथा गण्डकी प्रदेशमा कास्कीको लुम्लेमा निर्देशनालय खोल्ने प्रस्ताव अघि बढाइएको छ । प्रदेश ३ मा नार्कको मुख्यालय नै छ । प्रदेश ५ मा बाँकेको खजुरामा दिर्नेशनालय राख्ने सम्भावना छ । प्रस्तावले मूर्तरूप पाएमा कर्णाली प्रदेशको सुर्खेत कृषि केन्द्रको स्तरोन्नति भएर निर्देशनालयमा बदलिनेछ ।

प्रदेश ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाई कैलालीको मुसरियामा नयाँ कृषि अनुसन्धान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ । ‘प्रदेशअनुसार अनुसन्धान पनि फरकफरक हुनेछ,’ पौडेलले भने । प्रदेशको भूगोल र हावापानी फरकफरक भएकाले उद्देश्य पनि त्यहीअनुरूप तय गर्न लागिएको उनको भनाइ छ ।

प्रदेश १ मा खुल्ने निर्देशनालयले बंगुर, चौँरी, स्याँबोचे, अलैँची, किबी, कागती र मुसुरोलाई विशेष महत्व दिनेछ । प्रदेश २ मा भैँसी, आँप, लिची, मसिनो धान, कागती र मुसुरो, प्रदेश ३ मा गाई, कुखुरा, कफी र किबी, प्रदेश ५ मा बाख्रा, कफी र मुसुरो, कर्णाली प्रदेशमा बाख्रा, जडीबुटी र स्याउ तथा प्रदेश ७ मा जैतुन, जडीबुटी, स्याउ, बाख्रा र मुसुरोलाई प्रमुख अनुसन्धानको केन्द्र बनाइने पौडेलले बताए ।

हालको बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान, कृषि अनुसन्धान केन्द्र राजिकोटलाई स्याउ अनुसन्धान तथा भेडा अनुसन्धान केन्द्र जुम्ला भेडा अनुसन्धान कार्यक्रमको रूपमा स्तरोन्नति हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -