Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:५९:०४ बिहान
- ADVERTISEMENT -

विकासका लागि नवीनतम् सोच आवश्यक : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७५ भदौ २९, शुक्रबार

1611
Shares

पोखरा, २९ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि नवीनतम् सोचको खाँचो रहेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा आज यहाँ आयोजित ‘नेपालको विकासका सन्दर्भमा सिङ्गापुरको नमूना’ विषयक अन्तरक्रियामा उहाँले सिङ्गापुरले पछिल्लो समयमा गरेको विकास नवीनतम् सोचकै कारण सम्भव भएको उल्लेख गर्नुभयो ।

देशको समग्र विकासका लागि आत्मकेन्द्रित संस्कारको अन्त्य हुनुपर्ने बताउँदै उहाँले नेतृत्वमा दूरदर्शिताको आवश्यकता औल्याउनुभयो । पुरानो संस्कारबाट माथि उठ्न नसक्दा मुलुकले विकासलको गति लिन नसकेको भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न त्यही किसिमको पारिश्रमिक एवम् उत्प्रेरणा आवश्यक हुने बताउनुभयो ।

सिङ्गापुरका प्राध्यापक डा गारी लिटले नेपाल साधनस्रोतले सम्पन्न देश भएको बताउँदै पोखरा विकासको पर्याप्त सम्भावनायुक्त ठाउँ भएको बताउनुभयो । पोखराको तुलनामा सिङ्गापुर केही नभएको बताउँदै उहाँले यहाँका प्राकृतिक साधनस्रोतको अधिकतम उपयोग गर्न सके मात्र पनि विकासमा ठूलो फड्को मार्ने धारणा राख्नुभयो । दीर्घकालीन सोचका साथ मुलुकमा गुणस्तरीय शिक्षासहित शान्तिसुरक्षाको प्रत्याभूति दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिने बताउँदै उहाँले विकासका लागि सही तथ्याङ्क अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले भौगोलिक अवस्थितिसमेतका आधारमा विकासका योजना अघि बढाइने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -