काठमाडौ, २८ भाद्र २०७५ । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने धारा थपिएकोे हो ।
आज बिहिवार परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । विधेयक संसदबाट पनि पारित भई प्रमाणीकरण भएमा विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।