- ADVERTISEMENT -

स्वर्गद्वारी आश्रम भेटीका भरमा

September 10, 2018
2543
Shares
- ADVERTISEMENT -

प्यूठान, भदौ २५ गते । स्वर्गद्वारी आश्रम भेटीका भरमा सञ्चालन भइरहेको छ ।

आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर पर्नु परेको हो । गत आवमा आश्रममा झण्डै रु एक करोड ७० लाख भेटी सङ्कलन भएको थियो । उक्त रकम आश्रम सञ्चालनमा खर्च हुने गरेको आश्रमका लेखापाल वासु भट्टराइले जानकारी दिनुभयो । “अन्य आम्दानीको स्रोत नहुँदा भेटीबाटै आश्रम चलाउनु परिरहेको छ,” उहाँले भन्नुभयो, “भक्तजन नआए आश्रम सञ्चालन गर्न समस्या हुने अवस्था छ ।”

- ADVERTISEMENT -

Advertisement

आश्रममा तेलमा मात्रै करीब रु ७० देखि रु ८० लाख खर्च हुन्छ । गाईपालन गर्न मासिक रु तीन लाखभन्दा बढी खर्च हुन्छ । गाईका लागि मासिक पाँच क्विन्टल दाना किन्नुपर्छ । दैनिक तीन क्विन्टल चामल प्रयोग हुन्छ । अहिले जेनतेन आश्रम सञ्चालन भइरहेको भट्टराई बताउनुहुन्छ । “रु ७० लाखदेखि रु ८० लाख तलबमै खर्च हुन्छ,” उहाँले भन्नुभयो । आश्रममा हाल करीब १५० कर्मचारी कार्यरत छन् । आश्रममा सञ्चालन गरिएको वेद पाठशालामा बटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेनी खर्च हुन्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -