- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल आएका राहुल चीनको ल्हासा पुगेपछि : नेपाल, भारत, चीन कनेक्सनले मोदी सरकार झस्कियो

September 1, 2018
1626
Shares
- ADVERTISEMENT -

काठमाडौ, १६ भाद्र २०७५ । शुक्रबार नेपाल आएका भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शनिबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । शुक्रबार दिउँसो काठमाडौं आइपुगेका गान्धी ल्हासा गएको हुन् । उनी बिहान साढे ११ बजे एयर चाइनाको विमानबाट ल्हासा गएको बताइएको छ । यसअघि उनी आज नेपालगञ्ज जाने बताइएको थियो ।

गान्धी निजी भ्रमणका लागि नेपाल आएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा रहेकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका थिए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सहभागी हुन आएका मोदी शुक्रबार स्वदेश फर्किएका छन् ।

- ADVERTISEMENT -

Advertisement

मोदी नेपालमै रहेका बेला राहुल गान्धीको नेपाल यात्राले भारतीय राजनीतिमा चर्चा पाएको छ । यति मात्र हैन । उनी नेपाल आएर लगत्तै चीन जानुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । गान्धीको यो यात्राबाट सत्तारुढ दल र प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारमा सहभागीहरु झस्किएको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -