२०८३ वैशाख २, बुधबार
७:१३:१२ बेलुका
- ADVERTISEMENT -

गोरखामा ठडियो बिसे नगर्चीको शालिक

प्रकाशित मिति: २०७५ साउन १८, शुक्रबार

2694
Shares

गोरखा, साउन, १८, २०७५ । इतिहासलाई सम्मान गर्दै पर्यटकको आकर्षण वढाउन शालिक स्थापना गरिएको विसे नगर्ची सालिक निर्माण समितिका सचिव सोमबहादुर अच्छामीले बताए। सालिक निर्माणका लागि गोरखा नगरपालिका–५ र परियार समाजको ५ लाख गरि १० लाख खर्च भएको उनले बताए। ‘ढलोटबाट बनेको शालिक ६५ किलो तौलको छ, दुई फिट चौडा र साढे दुईफिट लम्बाइको सालिक राखेका हौँ,’ अच्छामीले भने,‘दलित समुदायबाट इतिहास रचेकाहरुको सालिक स्थापना भएको थाहा पाएका छैनौ, नेपाल एकीकरणको अभियन्ताको सालिक राख्न पाउदा गर्वको महसुस भएको छ, सालिक स्थापनाले इतिहासलाई सम्मान पनि गरेको छ।’

डेढ रोपनी क्षेत्रलफलमा निर्माण भएको सालिक असापास बाल उद्यान तथा पर्यटक लोभ्याउन बिभिन्न संरचना बनाउने योजना रहेको अच्छामीले जानकारी दिए। सालिक स्थापना सँगै पर्यटकको गन्तब्य वन्ने र इतिहासको सम्मान हुने विश्वास लिइएको छ ।

हाल गोरखा दरबारमा नगर्ची पदमा कार्यरत भुन्टे दमै सालिक निर्माणले इतिहासलाई सम्मान गरेको बताउँछन्। ‘सालिक बनेपछि निकै रमाइलो लागेको छ,’ दमैले भने, ‘सालिकले हामी नगर्चीहरुको पनि इज्जत भयो।’

तत्कालीन समयमा राज्य एकीकरणमा सघाउने पाण्डे, पन्त, अज्र्यालहरुको पनि यसरी नै सालिक निर्माण गर्न उनले माग गरे। ‘गोरखालाई पर्यटकीय दृष्टिले चिनाउने भनेको नै यही इतिहास हो, सालिक राखेपछि यसको बारेमा पर्यटकले सोध्छन्, थाहा पाउँछन्, अनि गोरखालीको पनि इज्जत वढ्ने भयो’ उनले भने। नगर्चीको सल्लाह पृथ्वीनाराण शाहले मानेपछि नेपाल अहिले विशाल राष्ट्र बनेको उनको बुझाइ छ।

तत्कालीन समयमा पृथ्वीनारायण शाहको पालामा गोरखा दरबारमा पूजा हुँदा नगर्चीले नगरा बजाउँथे। उक्त प्रचलन हालसम्म पनि कायम छ। ‘२०२३ सालबाट म नहरा बजाउने काममा छु,’ भुन्टेले भने, ‘बिहान र बेलुकी पूजा हुँदा नहरा नबजाइ हुदैँन।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85