२०८३ वैशाख ७, सोमबार
१२:११:२४ राति
- ADVERTISEMENT -

धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा पनि केवलकार

प्रकाशित मिति: २०७५ साउन ११, शुक्रबार

2778
Shares

नवलपरासी, साउन ११ । नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । पूर्वी नवलपरासी गैंँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ ।

मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन (इआइए) सम्बन्ध कार्य अन्तिमचरणमा पुगेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले जानकारी दिनुभयो ।

करिब रु एक अर्बको लगानीमा निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गर्न लागिएको केवलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको प्रमुख पौडेलले बताउनुभयो ।

गैँंडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ ग्रुपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ । सो कम्पनीले मौलाकाली मन्दिर परिसरमा प्रस्तावित मौलाकाली केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन इआइए सम्बन्धी स्थानीयवासीसँग केवलकार निमार्ण र त्यसको प्रभावको विषयमा छलफल गरेको छ ।

केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने गैँडकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताउनुभयो । सरकारी स्तरबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि निमार्ण कार्य शुरु गरी एक वर्षभित्रै सम्पन्न हुने लक्ष्य सो समूूहको छ । नगरभित्र रहेका ३६ वटा धार्मिक संघ संस्थालाई समेटेर धार्मिक पर्यटकीय नगर विकासको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

यो केवलकार आयोजनाले नगरपालिकाको विकासमा पनि ठूलो सहयोग पुग्ने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक पाँच÷सात लाख पर्यटक देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र बेनी संगममा त्रिकोणात्मक पुल बनेपछि वर्षेनी २० लाख पर्यटक आउन सक्ने धारणा व्यक्त गर्नुभयो ।

मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ । केवलकार स्थापनासँगै सो संख्यामा निकै वृद्धि हुने जनाएको छ । –पुरुषोत्तम सुवेदी, रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98