Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:५३:५० बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा गाईलाई मानिसको औषधी, मन्त्री भन्छन् प्रदेशले केही गर्न सक्दैन (भिडियो सहित)

प्रकाशित मिति: २०७५ साउन ४, शुक्रबार

1750
Shares

काठमाडौं, ४ साउन । नेपाल सरकारले गज्जबको एउटा योजना ल्यायो । बिना धितो बिना ब्याज युवाका लागि पाँच लाख । सरकारले युवालाई स्वदेशमा नै राख्ने वा व्यवसाय तर्फ आकर्षित गर्न यो योजना ल्याएको हो तर पोखरामा अहिले व्यवसाय गर्नेहरु ठुलो पिडामा रहेका छन् ।

लेखनाथमा गाई फर्म चलाउनेहरुलाई अहिले गाईको लागि औषधि अभाव भएपछि व्यवसायीहरु ठूलो चिन्तामा रहेका छन् । गाईलाई ज्वरो आउदा खुवाईने थाईकल लगायतका औषधिको अभावमा लेखनाथ क्षेत्रका दर्जनौँ गाईहरु मरिसकेका छन् । सरकारी निकायका प्रतिनिधि पनि त्यस ठाउँमा जान्छन् तर औषधि नभएपछि त्यसै फर्कने गरेका छन् ।

प्राबिधिकहरु आउँछन् गाई हेर्छन सल्लाह सुझाब दिन्छन् तर औषधी दिदैनन् । औषधीको अभावमा गाईहरु मर्न थालेपछि पनि सम्बन्धीत निकाय मौन छ ।

यति सम्मकी गाईलाई मानिसको औषधि खुवाउनु परेको छ । लेखनाथमा रहेको पवन गाई फर्मका संचालक पवन तिवारीले गाईलाई ज्वरो आएपछि औषधी नपाएको र मानिसलाई खुवाउने सिटामोल एउटा गाईलाई पाँच वटाको दरले खुवाएको बताएका छन् ।

उनले अब गाई मर्न दिनु भन्दा छ मानिसलाई खुलाउने औषधीले पनि काम गर्ला कि भनेर खुलाएको बताए । समान्य ज्वरो आएको औषधी समेत नपाएपछि सरकारले व्यवसाय गर्नेहरुलाई सहयोग नभएको व्यवसायीहरुले आभास गर्न थालेका छन् ।

सरकारले लगानी गरे पूर्ण कृषि मैत्री बनाउन नसके पनि आफ्नै पैसाले बिरामी गाईको उपचार गर्छु भन्दा पनि पाएका छैनन् । सामान्य ज्वरो आएको औषधी नपाउँदा गाईहरु मरिरहेका छन् भने अझ अरु रोग लाग्यो भने सरकारले के प्रबन्ध गर्दा ?

यसबारे किसानहरु झन चिन्तीत बनेका छन् । यसबारे बुझ्दा गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापामगरले यो केन्द्रबाटै हेर्नुपर्ने बिषय भएको बताए ।

उनले केन्द्रको कुरा पर्खिएपछि प्रदेशले बल्ल काम थाल्ने बनाए । उनले यो बिषय मन्त्री परिषद्मा उठाउने र कृषकको समस्या हल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

https://youtu.be/FMcrLT5YNeM

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -