२०८३ वैशाख ८, मंगलबार
३:३३:१६ दिउँसो
- ADVERTISEMENT -

मुलुकका २५ स्थानमा केबलकार निर्माणमा ,अध्ययन अनुमतिका लागि आवेदन

प्रकाशित मिति: २०७५ साउन ३, बिहीबार

2150
Shares

काठमाडौं , २०७५ साल श्रावण ३ गते बिहिबार । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान तोकेको छ ।

सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्तासमेत बढेका हुन् । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रा.लि. ले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको हो ।

मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीको चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको हो । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ । पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रा.लि.ले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ । सोही स्थानमा हिमाल दर्शन प्रा.लि. र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रा.लि.ले अध्ययन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रा.लि. ले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रा.लि.ले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ ।

त्यसैगरी सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रा.लि.ले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वसिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ ।

काठमाडौँ उपत्यकाको बोहोराटार-नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । नागार्जुन केबलकार प्रा.लि.ले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मुक्तिनाथ दर्शन प्रा.लि.ले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको छ । सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरण लगानी बोर्डले गरिरहेको छ ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि अनुमति दिइएको हो । करीब १८ महिनाभित्र डि.पि.आर तयार पार्ने गरी मुक्तिनाथ दर्शन प्रा.लि.लाई अनुमति दिइएको छ त्यस्तै नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार निर्माणका लागि दुईवटा प्रस्ताव आएको छ । वातावरणीय प्रभाव मूल्यांकनका लागि अनुमति मागिएको मन्त्रालयले जनाएको छ ।

प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रा.लि.ले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ । त्यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ ।

मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पु¥याउने गरी चारवटा प्रस्ताव आएको छ । त्यसमा ११.८ किलोमिटर लामो धुञ्चे गोसाइँकुण्ड, १६.८ किलोमिटर लम्बाइको दुप्चेश्वर बतासकुण्ड, १०.८ किलोमिटर लम्बाइको यार्सा–बतासकुण्ड र ११.२५ किलोमिटर लम्बाईको चेघ्याङ– सूर्यकुण्डको प्रस्ताव परेको छ । लम्की चुहा कैलालीदेखि मोहन्याल नगरपालिका– ३ सम्म जोड्ने ३.१५ किलोमिटर लामो केबलकार निर्माणका लागिसमेत अध्ययन प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले केबलकार निर्माणका लागि आफूहरुले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने बताउनुभयो । उहाँले प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने भएकाले मन्त्रालयले आवश्यक काम गरिरहेको उल्लेख गर्नुभयो ।

केबलकार निर्माणका लागि गाउँपालिकाले नै पहल गरिरहेको जानकारी दिनुहुँदै गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कईसाङ नोर्बु तामाङले भन्नुभयो, “हामी सार्वजनिक निजी साझेदारीमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सहज सेवा दिन लागेका छौँ ।”

उहाँ स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पनि सो केबलकार निर्माणमा आवश्यक सहजीकरण गरिरहेको र छिट्टै परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुहुन्छ । हाल सो केबलकारको विस्तृत परियोजना प्रतिवेदन बनाउनेलगायत अन्य काम जारी रहेको छ । गोसाइँकुण्ड गाउँपालिकाको प्रस्तावअनुसार धुञ्चेदेखि भैरवकुण्डसम्म केबलकार निर्माण हुनेछ ।

नेपालका केबलकार निर्माणका लागि विगतदेखि नै काम गर्दै आउनुभएका रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल सरकारले नीतिगतरुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनुपर्ने बताउनुहुन्छ ।

विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ ।

रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ ।

सरकारले आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको सन्दर्भमा पर्यटक आकर्षणका लागि केबलकार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । यातायातको पहुँच पु¥याउन मुलुकको पहाडी तथा हिमाली क्षेत्रका केबलकार तथा रोपवेलगायतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81