जापान, मेई २१- नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिले भोलि मिति २०२२ मेई २२ तारिख आईतबार लाई तय गरेको अधिवेशनको निर्वाचन समितिले ऊम्मेदवार मनोनयन गर्नु भएकाहरुको नामावली प्रकाशित गरेको छ ।
मेई १० तारिख बाट आफ्नो कार्य थालेको निर्वाचन समितिले भोलि २२ तारिख बिहान १० बजे सम्म लाई ऊम्मेदवारी फिर्ता लिन सकिने समय सिमा थप गर्दै नामावली प्रकाशित गरेको छ। हाल सम्म ऊम्मेदवारी मनोनयन परेका नामावली निम्न अनुसार रहेको निर्वाचन समिति सदस्य लक्ष्मक्ष बाँनियाले जानकारी गराउनु भएको छ।
साथै, हुने अधिवेशनको सम्पुर्ण तयारी सकिएको क्युशु क्षेत्रिय समितिले जानकारी गराएको छ। अधिवेशनमा केन्द्रिय प्रतिनिधिका रुपमा ऊप-सभापती द्व्य राजेन्द्र जमरकट्टेल र रामकृष्ण बम मल्ल तोकिएको समेत समितिले जानकारी गराएको छ।
समितिले जापान स्थित विभिन्न संघ,संस्था लगाएत सम्पुर्ण प्रजातन्त्र प्रेमी महानुभावहरु लाई ऊपस्थितिको लागी यस अघिनै आह्वान गरेको छ।






































