काठमाडौं,१७ माघ २०७५ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गैरआवासीय नेपालीलाई पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ ।
एनआरएनका प्रवक्ता भुषण घिमिरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस योजनालाई निर्णायक तहमा पु¥याइ तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका ‘हजारे अभियान’लगायत यससँग सम्बन्धित विषय, सञ्चय कोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको हामीले महशुस गरेका छौँ ।”सङ्घले यस अभियानले ससानो पूँजीलाई एकीकृत गरेर राष्ट्र निर्माणका ठूल्ठूला कार्य गर्नसमेत योगदान पुग्ने विश्वास लिएको छ ।
विज्ञप्तिमा ‘यो विषयलाई निर्णायक तहमा पुर्याउन मन्त्रालयका तर्फबाट पछिल्लो समयमा भएको अध्ययनमा संघले विगत लामो समयदेखि उठाउँदै आएका हजारे अभियान लगायतका यससंग सम्बन्धित विषय, संचयकोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयहरुलाई समेत गम्भिरतापूर्वक लिइएको हामीले महशुश गरेका छौं । नेपाल सरकारको यो निर्णयको संघ सहर्ष स्वागत गर्दछ’ भनिएको छ ।
विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघले यस अभियानलाई केबल वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा र भविष्यका लागि बचत हुने विषयका रुपमा मात्रै हेरेको छैन । यो अभियानले सानो सानो पूँजीलाई एकिकृत गरेर राष्ट्र निर्माणका ठूलठूला कार्यहरु गर्नसमेत योगदान पुग्ने विश्वास संघले लिएको छ । यही विश्वासका साथ संघले सन् २०१३ देखि नै यो विषयलाई हजारे अभियान (सामाजिक सुरक्षा कोष) का रुपमा अघि बढाउँदै आएको थियो । अव यो कार्यान्वयनको तहमा पुगेको सन्दर्भमा संघ र यसका अभियन्ताहरु खुसी भएरमात्र पुग्ने अवस्था छैन’ ।
‘यस अभियानमा वैदेशिक रोजगारीमा रहेका बढी भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरुलाई सहभागी गराएर सफल बनाउनु पनि हाम्रो दायित्व हो भन्ने हाम्रो बुझाइ छ र यस निम्ति नेपाल सरकार र सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य गर्न संघ आतुर रहेको समेत यसै अवसरमा जानकारी गराउन चाहन्छौं’ उल्लेख छ ।





































