जापान, सोमबार, ४ साउन २०७८ । गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी जुलाई २७ तारिखमा सम्पन्न हुदैछ ।
विगत १७ वर्ष देखि जापानलाई कर्मक्षेत्र बनाउदै आएका खत्रीले “ निश्वार्थ ,निरन्तरता ,निष्पक्षता एनआरएनएमा मेरो प्रतिबद्धता र परदेशमा भएका नेपाली समाज र नेपालीका लागि घर र देशको लागि जे आवश्कता र समस्या छन् ती तमाम समस्याहरुलाई जापान स्थित रहेका बिभिन्न संघसंस्था र नेपालीहरु संगै मिलेर समाधान गर्ने ” मुख्य चुनाबी एजेन्डाका साथ खत्रीले सन् २०२१-२०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । साथै अहिले एनआरएनएमा उठिरहेको पारदर्शिता र जबाफदेहिता मुख्य मुद्दा रहेको पनि उनको भनाइ छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) जापानको चुनाव नजिकिदै गर्दा उम्मेद्वारी घोषणा गर्नेको क्रम बढेको छ । यसै क्रममा अध्यक्ष पदमा सरोज कुमार खत्रीले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
खत्रीले सन् २००५ मा सदस्यको रुपमा एनआरएनए जापानमा आबद्ध भई आफ्नो यात्रा सुरु गरेर २०१३ देखि २०१५ को कार्यकालमा कान्तो क्षेत्रीया समितिको संयोजक र २०१७ देखि २०१९ को कार्यकालमा एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पद समेत सम्हालिसकेका छन् ।





































