जापान, शनिबार, २ साउन २०७८ । डा बलराम श्रेष्ठले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिय समन्वय परिषद आइसीसी सदस्य पदमा उमेद्वारी घोषणा गर्नु भएको छ ।
उमेद्वार डा बलराम श्रेष्ठ सन् २००३ मा एन आर एन जापानको बिधान ड्राफ्ट गरी २००७ देखि २०११ सम्म चुगोकु चिहो क्षेत्रको संयोजक भएर
कार्य गर्नु भएको थियो ।
साथै, एनआरएन उच्चस्तरिय छानबिन समितिमा सदस्य सचिबको रुपमा कार्य सम्पादन गरको बताउनु भएको छ । एन आर एन जापानको एन आर एन अन्तर्राष्ट्रिय फाउन्डेशनमा स्थापनार्थ सस्थापक सदस्य भए काम गरको अनुभव सुनाउदै उहाँले बिभिन्न समयमा एन आर एन जापानको निर्बाचन अधिकृत भएर काम गरेको एवं एन आर एनमा बिभिन्न समस्याहरु पर्दा समाधानार्थ जिम्मेवारी लिएर समस्या समाधान गर्न पदाधिकारीहरुसंग मिलेर काम गरेको अनुभब लिएको बताउनु भयो ।
हाल जापान र नेपालमा अन्तर्राष्ट्रिय अधिबक्ताको रुपमा, विज्ञ अनुसन्धानकर्ताको रुपमा र नेपाल च्याम्बर अफ कमर्शको जापान स्थित वाणिज्यदूतको रुपमा नेपाली समाज, जापानीज समाजको सामाजिक,आर्थिक र सांस्कृतिक बिकासको लागि काम गर्दै आइरहेको डा बलराम श्रेष्ठ बताउनु हुन्छ ।
प्रवासमा बस्ने नेपालीहरुको जीवनस्तर उकास्न,पारदर्शी एन आर एन ए बनाउन, नेपालीहरुको लागि नेपाली सहयोगी हातहरु बन्ने र चौतर्फी विकास गर्न गराउनको लागि आउदा दिनहरुमा सक्रिय भएर बिशेष योजनाहरु निर्माण गरि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
डा.बलराम श्रेष्ठ
अन्तर्राष्ट्रिय अधिवक्ता





































