जापान, आइतबार, २७ असार २०७८ । एनआरएनए जापानको आगामी कार्यकाल २०२१ -२०२३ का लागि थम ब क्षेत्रीले राष्ट्रिय समन्वय परिषद जापानको केन्द्रीय सदस्य पदमा उमेद्ववारी दिने बताउनु भएको छ ।
नयाँ जोश, जागर र ऊर्जाका साथ आगामी कार्यकालका लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि मैले मेरो उमेदवारी दिएको थम ब क्षेत्रीले बताउनु भयो ।
थम ब क्षेत्रीको उम्मेदवारी किन र के का लागि ?
- बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमिति सदस्यको रूपमा संस्थामा जोड़िएर समाजका बिभिन्न क्रियाकलापमा सक्रियतापूर्वक संलग्नता ।
- जापानमा कार्यरत रहदा मानवीय सहयोगका कार्यमा नेतृत्वदायी भूमिकामा रहेर कार्य सम्पादन गर्न सक्ने ।
- एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड ।
त्यसैले यदि मलाई यहाँहरु सबैले बिश्वास गरेर, अमूल्य मत दिएर एनआरएनएको अभियानमा सक्रिय रहने मौका प्रदान गरिदिनु भएमा संस्थालाई कसैको रिमोट कन्ट्रोलबाट कठपुतली बनेर होइन, सगरमाथा झै खम्बिर भएर संस्थाको विधानमा रहि जापानबासी नेपालीहरुको एकता ,मर्म र भावनालाई केन्द्र बिन्दुमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को सदस्य पदमा मतदान गरि सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको छ।
थम बहादुर क्षेत्री
सदस्य पदको उम्मेदवार
एनआरएनए जापान २०२१-२०२३





































