टेक्सास, बिहिबार, १३ जेठ २०७८ । गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा कृष्ण लामिछाने समूह अत्याधिक बहुमतका साथ विजयी हुने निश्चित भएको छ । एनआरएनए आइसिसी स्तरका अधिकांशको समर्थन पाएको लामिछाने समूहले अत्याधिक बहुमतका साथ विजयी हासिल गर्ने सुनिश्चित देखिएको हो ।
अमेरिकाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीयस्तरका सल्लाहकार, पदाधिकारी, क्षेत्रीय संयोजकहरु र आइसिसी सदस्यहरु अधिकांशको समर्थन लामिछाने समूहले पाएको हो । एनआरएनए अमेरिका जस्तो एनसिसीमा संस्था बुझेको, योग्य र सक्षम ब्यक्तीको खाँचो रहेको बताउँदै सबैको प्रतिनिधित्व गरेको समावेशी र संस्थालाई सही दिशामा लैजान र हाक्न सक्ने टिम लामिछानेको नेतृत्वमा बनेको निस्कर्षसहित समर्थन जनाउने भएको हो ।





































